अवध कुरीति र मलामी
हेटौंडा , अषाढ २२ - बिहेबारे थाहै नहुने उमेरमा जबर्जस्त बिहे गराइयो भने के होला ? अवधि समाजमा व्याप्त बालविवाहमाथि बनाइएको नाटक 'ई कैसन चलन' ले एउटी बालिकामार्फत यो प्रश्नको जवाफ खोज्ने प्रयास गरेको छ । बहुभाषिक नाटक महोत्सवको पाचौं दिन मंगलबार हेटौंडास्थित तरंग थिएटरमा देखाइएको नाटकमा पश्चिम नेपालको अवधी समुदायमा व्याप्त कुरीति, शोषण र अन्धविश्वास समेटिएको छ ।
प्रेरणा नाटय समूह र अवधी समाज उत्थान केन्द्र बाँकेको प्रस्तुति रहेको नाटकमा विवाह भन्ने कुरासम्म नसुनेकी र विवाह के हो भनेर नबुझेकी अबोध बालिकाको विवाह गरिन्छ । यतिसम्म कि बालविवाहमा समेत दाइजोको खेल हुन्छ । गरिबीका कारण बालिकाको बाबुले दाइजो दिन सक्तैनन् । बालिका माइतीमै हुर्कन्छिन् । किशोरी भएपछि केटाको बाबुले घरमा आफूलाई लिन आएपछि मात्र आफ्नो विवाह सानैमा भएको जानकारी पाउँछिन् ।
अवध समाजमा कामको खोजीमा बाहिर जान बाध्य युवाहरूको अवस्था र एकल महिलाले बेहोर्नुपर्ने अपहेलनासमेत नाटकमा उतारिएको छ । बालबिधवालाई गाउँले लोग्ने टोक्ने र अलछिन्या भनेर दुःख दिन्छन् । वीरेन्द्र यादव र कृपाराम वाडियाको संयुक्त लेखन रहेको नाटक कृपारामले निर्देशन गरेका हुन् । नाटकमा देखाइएको जस्तै समस्या अवध समुदायमा मात्र नभई मुलुकका अन्य समुदाय र भेकमा समेत व्याप्त रहेकाले नाटकले सबैका लागि चेतनामूलक सन्देश दिने महोत्सव संयोजक तथा प्राज्ञ रमेशरञ्जन झाले बताए ।
'हाम्रै समाजको कथाजस्तै लाग्यो,' हेटौंडामा बस्दै आएकी रौतहटकी रामदेवीले नाटक हेरेपछि भनिन्, 'बालविवाह, छुवाछूत र बिधुवा महिलाको अवस्था हाम्रो रौतहटमा पनि यस्तै नै हुन्छ ।' नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानको आयोजना तथा तरंग सांस्कृतिक परिषद्को संयोजनमा भइरहेको महोत्सवअन्तर्गत नै मंगलबार एक्टर्स स्टुडियो काठमाडौंको प्रस्तुति रहेको नाटक 'मलामी' देखाइयो ।
सरूभक्तको लेखन रहेको नाटकलाई अनुप बरालले निर्देशन गरेका हुन् । नाटकमा कामको खोजीमा युवाहरू पलायन हुँदा गाउँले भोग्नुपर्ने समस्यालाई मन छुने ढंगले उतारिएको थियो ।
बूढापाका र आइमाईहरू मात्रै भएको गाउँमा दुःख बाँड्न मात्रै हैन, सुखमा सँगै बसेर रमाउन पनि युवा र आफन्तहरू हुँदैनन् । पश्चिम नेपालको लाहुरे संस्कृति समेतलाई छुवाएको नाटकमा मलामी जान सक्ने र लास बोक्न सक्ने बलिया मान्छे समेत नभएको अवस्थालाई क्लाइमेक्स बनाइएको छ । स्वैरकल्पना प्रयोग गरिएको नाटकमा लास आफैं उठ्छ र चिहानमा खुरुखुरु जान्छ । नाटक हेर्न आउनेहरूको भीड बढेपछि व्यवस्थापनका लागि आयोजकलाई हम्मेहम्मे परेको थियो ।
Source:kantipurnews