|

ट्याक्सी कालीगण्डकीमा खस्यो, पाँच जना बेपत्ता

म्याग्दी, श्रावण ६ - गलेश्वरबाट सदरमुकाम बेनीबाट आईरहेको ग.१.ज १२३९ नम्बरको यात्रुबाहक ट्याक्सी कालीगण्डकी नदी किनारामा खस्दा सवार सवै यात्रु बेपत्ता भएका छन् ।
दुर्घटनामा परि घतान गाविस-६ गलेश्वरका चालक बेदप्रसाद सुवेदी समेत कम्तीमा ५ यात्रु बेपत्ता भएका छन् । यात्रुहरुको पहिचान हुन सकेको छैन् । ट्याक्सी अथुङ्गे गाविस-१ जलेश्वर नजिक दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनाको प्रत्यक्षदर्शी अर्का ट्याक्सी चालक मीनबहादुर लामाका अनुसार सडकबाट अन्दाजी ५० मिटर तल कालीगण्डकीमा डुबेको ट्याक्सीलाई  नदीले अन्दाजी तीन सय मिटर तलसम्म बगाएको छ ।
कालीगण्डकी नदी विचमा ट्याक्सी अड्केको तर बर्खायामको उर्लदो भेल भएकोले सेना, प्रहरी र रेडक्रसका उद्धारकर्मी घट्ना स्थल पुगेपनि अहिलेसम्म उद्धार हुन सकेको छैन् ।
Source:kantipurnews

Posted by Butwalonline on 9:42 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ट्याक्सी कालीगण्डकीमा खस्यो, पाँच जना बेपत्ता"

Leave a reply