सभासद्की किशोरी भतिजी पेस्तोलसहित पक्राउ
केपी ढुंगाना, काठमाडौं, साउन ५- माओवादी सभासद विश्वदीप लिङदेनकी भतिजी साधना लिम्बु बिहीबार त्रिभुवन विमास्थलबाट पेस्तोलसहित पक्राउ परेकी छिन्। तीनकुनेमा लिङदेनसँग बस्दै आएकी उनी भद्रपुर जान विमानस्थल पुग्दा प्रहरीले हतियारसहित पक्राउ गरेको हो। उनी बुद्ध एयरको विमानबाट भद्रपुर जान विहीबार मध्याह्न चार बजे विमानस्थल पुगेकी थिइन्। उनको ब्याग एक्सरे मेसिनमा राख्दा किताबको बीचमा पेस्तोल आकारको वस्तु देखिएपछि प्रहरीले ब्याग खोलेर हेर्दा कपडाले बेरेर राखेको पेस्तोल र सात राउन्ड गोलीसमेत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनको साथबाट घरेलु पेस्तोल बरामद भएको हो। खिया लागेको अवस्थामा रहेको पेस्तोलसँगै गोली भए पनि लोड गरिएको थिएन।
डिआइजी वीरेन्द्रबाबु श्रेष्ठका अनुसार उनलाई थप अनुसन्धानका लागी मुचुल्का सहित महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ। 'जाँचका क्रममा नदेखियोस् भनेर किताबको चाङमा कपडाले बेरेर पेस्तोल राखिएको थियो,' डिआइजी श्रेष्ठले भने, 'पक्राउ गरी सोधपुछ गर्दा पेस्तोल कसको हो, बताएकी छैनन्।'
प्रहरीका अनुसार उनी विदा मनाउन झापाबाट काठमाडौं आएर सभासद् लिङदेनसँगै तीनकुनेमा बस्दै आएकी थिइन्। कक्षा नौमा अध्ययनरत उनी विद्यालय खुलेकाले बिहीबार घर जान विमानस्थल पुगेकी थिइन्।
'विद्यालय खुलेकाले पढ्न झापा हिँडेको हुँ,' लिम्बुको बयान उद्धृत गर्दै स्रोतले भन्यो, 'प्रहरीले झोलामा पेस्तोल छ भनेपछि मात्र मैले थाहा पाएको हुँ।'
झापा- ७ बाट प्रत्यक्षतर्फका सभासद् लिङदेनले भतिजी घर फर्कन विमानस्थल जाँदा प्रहरीले पक्राउ गरेको जानकारी आएको बताए। विदा मनाउन काठमाडौं आएकी साधनालाई कसैले षड्यन्त्र गरेर फसाएको उनको दाबी छ।
'विदा मनाउन आएकी उनी मसँगै बस्दै आएकी थिइन्, विमानस्थल जाँदा हतियार सहित पक्राउ परेको सुनेँ,' उनले भने, 'उनलाई कसैले फसाएजस्तो लाग्छ, म पनि बु‰दै छु।'
उनको उमेर करिब १४ वर्ष भएकाले हिरासतमा राखिएको छैन। काठमाडौं परिसरका प्रमुख केदार रिजालले विमानस्थल प्रहरीले मुचुल्कासहित किशोरीलाई अनुसन्धानका लागि पठाएकाले नियन्त्रणमा राखिएको बताए। 'शुक्रबारबाट हतियार र उनको संलग्नताबारे अनुसन्धान थाल्छौं,' उनले भने।
साभार :नागरिक न्यूज