|

दाहाल-भट्टराईबीच भेटवार्ता

काठमाडौ, श्रावण ६ - माओवादीमा चरम गुटबन्दी र असन्तुष्टि व्याप्त रहेको बेला अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सहमतिको प्रयासका लागि दाहालले असन्तुष्ट पक्षका नेताहरुसंग एक्ला एक्लै भेट्दै छन् ।
नयाँ बजारस्थित दाहाल निवासमा भएको भेटवार्तामा पार्टी भित्र देखिएको विवादका विषयमा दुई नेताबीच छलफल भएको थियो । अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका भट्टराई अहिले अर्का उपाध्यक्ष मोहन वैद्यसंग नजिकिएर अध्यक्षविरुद्ध मोर्चा बन्दी बनाएका छन् ।
भट्टराई-वैद्य समूहले संसदीय दलको नेता परिवर्तन लगायत पार्टी भित्रको कार्य विभाजन गरिनुपर्ने अडान लिएका छन् । अध्यक्ष दाहाल भने पहिला शान्ति र संविधानको एजेन्डा अगाडि बढाउने प्रस्ताव गरेका छन् । उपाध्यक्षत्रय वैद्य,भट्टराई, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा कार्यविभाजनका पक्षमा देखिएपछि अध्यक्ष दाहाल एक्लिएका छन् । नेताहरुबीच कुरा नमिलेकै कारण निरन्तर केन्द्रीय समितिको बैठक स्थगित हुँदै आएको छ ।
Source:katipurnews

Posted by Butwalonline on 8:44 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दाहाल-भट्टराईबीच भेटवार्ता"

Leave a reply