जीपको ठक्करबाट बालिकाको मृत्युपछि चक्काजाम,सयौं यात्रु अलपत्र-
दिलबहादुर छत्याल, धनगढी, साउन ६- विद्यालयबाट घर फर्किरहेकी कैलाली गेटा-३ भरतपुरकी ९ वर्षीया बालिका उर्मिला पाठकको जीपको ठक्करले शुक्रबार मृत्यु भएको छ। उनको मृत्युपछि आक्रोशित विद्यार्थी तथा आफन्तले पूर्व-पश्चिम राजमार्गअन्तर्गत अत्तरियामा चक्काजाम गरेका छन।उनीहरुले अत्तरियामा प्रदर्शनसमेत गरेका छन्।धनगढीबाट अत्तरियाका लागि गएको से १ ज ३३७ नम्बरको जिपले जे.के. इङलिस बोर्डिङ स्कुलमा यु केजीमा अध्ययनरत् बालिका उर्मिलालाई अत्तरियामै शुक्रबार ११ बजेतिर ठक्कर दिएको थियो। विद्यालयबाट घर फर्कने बेला अत्तरियामा बाटो पार गर्ने बेला जीपले बालिकालाई ठक्कर दिएको स्थानीयले बताएका छन्।
जीपको ठक्करबाट घाइते बालिकालाई अत्तरियास्थित सेवा नर्सिङ अस्पतालले रेफर गरेपछि भारतको पिलभिततर्फ लैजाने बेला बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक सानुराम भट्टराईले बताए। अत्तरियाबाट लगेको केही समयमै बालिकाको मृत्यु भएको थियो।बालिकाको मृत्युपछि आक्रोशित विद्यार्थी र आफन्तले अत्तरियामा चक्काजाम गरेका छन्। उनीहरुले दोषीलाई कारबाही हुनुपर्नेलगायत् चर्का नाराबाजी गर्दै अत्तरियामा प्रदर्शन गरेका छन्। चक्काजामपछि महेन्द्रनगर र धनगढीबाट पहाडी जिल्ला तथा देशका विभिन्न भागमा जाने सवारी साधन बन्द भएका छन् भने पहाडी जिल्लाबाट धनगढी, महेन्द्रनगर तथा अन्य ठाउँमा जानका लागि आएका सवारी साधन बाटोमै रोकिएका छन्। विभिन्न ठाउँमा जाने सयौं यात्रु अलपत्र परेका छन्। बालिकालाई पोष्टमार्टमका लागी सेती अञ्चल अस्पतालमा ल्याइएको छ। स्थिति भड्किन नदिन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए।

साभार :नागरिक न्यूज