चट्याङले लागेर दुई महिलाको मृत्यु
विराटनगर, अषाढ २९ - चट्याङले लागेर मोरङ र झापाका दुई महिलाको मृत्यु भएको छ । मोरङको उर्लाबारी-१ मा मंगलबार साँझ परेको चट्याङ लागेर स्थानीय ३८ वर्षीया कल्पना घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी झापाको महेशपुर १ मा चट्याङ लागेर स्थानीय विमला राजवंशीको मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
source:kantipurnews