सुनसरीमा आज पनि बम फेला पर्यो
विराटनगर, अषाढ २९ - सुनसरीको इटहरीमा बुधबार पनि बम फेला परेको छ । इटहरी-८ कलंकी चोकमा प्रेसर कुकर बम फेला परेको हो । पूर्वपश्चिम राजमार्गबाट इटहरी बसपार्क जाने स्थानमा झोलामा उक्त कुकर बम फेला परेको प्रहरीले जनाएको छ । त्यसक्षेत्रलाई प्रहरीले अहिले नियन्त्रणमा लिइ बम निस्त्रिmय पार्ने तयारी गरिरहेको छ ।
यसअघि मंगलबार पनि सुनसरीका तीन सार्वजनिक स्थानमा बम फेला परेको थियो । धरानस्थित आन्तरिक राजश्व कार्यालय, इटहरीस्थित राजश्व अनुसन्धान कार्यालय र सुनसरी सदरमुकाम इनरुवास्थित सुपर मार्केटको माथिल्लो तलामा प्रेसर कुकर बम फेला परेको थियो । सेनाको टोलीले ती बमलाई निस्त्रिmय बनाएको थियो ।
धरान र इटहरीमा फेला परेको बमसँगै खम्बुवान मुक्ति मोर्चा संयुक्तको पर्चा फेला परेकेा थियो भने इनरुवामा फेला परेको बम आफूहरुले बम राखेको जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीले जिम्मा लिएको थियो ।
Source:kantipurnews