|

पार्टीमै स्वर्ग र नर्क



शुक्रबार साँझ ठमेलको तन्त्रमा आयोजित 'एञ्जल्स एन्ड डेभिल्स' पार्टीमा सहभागी हुने युवा-युवती स्वर्ग पुगेको अनुभव गर्दै थिए। थिममा आधारित पार्टी आयोजना गरेर चर्चामा आएको ओएमजी थिम इभेन्ट्सले शुक्रबारको पार्टीको थिम नै एञ्जल्स अर्थात् स्वर्ग र डेभिल्स अर्थात नर्क राखेको थियो। साँझ ५ देखि राति १० बजेसम्म पार्टीमा सहभागी हुने युवायुवतीलाई स्वर्ग पुगेको अनुभव गराउन आयोजकले पार्टी स्थललाई सेतो रंगका विभिन्न सजावटी सामग्रीले सिँगारेका थिए। राति १० देखि १२ बजेसम्म पार्टीस्थल नर्कमा परिवर्तन भयो। आयोजकले रातो रंगको प्रयोग बढाउँदै नर्कको कल्पना गरेका थिए। पार्टीलाई स्वर्ग तथा नर्कजस्तो देखाउन डिजे सूदन र डिजे प्रदीपले गीत-संगीतको छनौटमा पनि विशेष ध्यान दिएका थिए। करिब ५ सय युवा-युवती सहभागी भएको उक्त पार्टीमा नेपाली, हिन्दी तथा अंग्रेजी गीतहरू बजाइएका थिए। इभिनिङ गाउन तथा स्कर्टमा सजिएर पार्टी प्रवेश गर्ने युवतीहरू पार्टीमा आकर्षणको केन्द्र बनेका देखिन्थे।साप्ताहिक समाचार

Posted by Anonymous on 7:42 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पार्टीमै स्वर्ग र नर्क"

Leave a reply