सरकारद्धारा आगामी बर्षको लागि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत
विनोद परियार, बुटवल १९ असार ।सरकारले आगामी बर्षको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत गरेको छ । व्यवस्थापिका संसदमा राष्ट्रपति डाक्टर रामबरण यादवले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।आज राष्ट्रपतिले टेवुल सहित वाचन गरेको नीति तथा कार्यक्रम प्रधानमन्त्री झलनाथ खनालले अर्को बैठकमा पेश गर्नुभएको छ । यही नीति तथा कार्यक्रमलाई आधार सरकारले आगामी आर्थिक बर्ष २०६८/०६९ को बजेट पेश गर्नेछ । शान्ति र संबिधानलाई पूर्णता दिएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आर्थिक, समाजिक रुपान्तरण र समावेशी विकासलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।
पिछडिएको वर्ग, समुदाय र क्षेत्रको विकासका लागि सरकारले बिशेष ब्यबस्था गर्ने तथा खर्च र योजनाको आधारमा व्यवहारिक बजेट ल्याउने राष्टपतिले वाचन गरेको नीति पत्रमा उल्लेख छ ।
बित्तिय प्रणालीको सुधृढिकरणका लागी संस्थागत अनुशासन कायम गर्न आबश्यक निति तय गर्ने बिषयलाई पनि सरकारको निति तथा कार्यक्रममा राष्ट्रपति डा यादबले समेट्नु भएको छ । बैक तथा बित्तिय संस्थाको कर्जा उत्पादनशिल क्षेत्रमा प्रयोग गर्ने कुरा पनि सरकारको निति तथा कार्यक्रममा समेटिएको छ । सरकारले यसपटकको नीति तथा कार्यक्रममा कृषि उत्पादन बढाउने कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ ।
सरकारले कृषि बिकासका लागी बालि तथा पशु बिकासमा सहयोग गर्ने निति लिएको छ । साना किसानलाई सरकारी कृषि गर्न उन्मुख गर्ने निति कार्यक्रममा उल्लेख गरिएको छ । कृषि उत्पादन प्रसोधन र बजार ब्यबस्थापनमा सरकारले बिशेष ब्यबस्था गर्ने, सिचाई प्रणालीको दक्षतामा बृद्धि गर्ने योजना पनि सरकारले लिएको छ । जल बिद्युतमा एक द्धार प्रणली लागु गरेर निजी क्षेत्रलाई लगानिका लागि थप प्रोतस
ाहित गर्दै जलासययुक्त परियोजनाको खोजी गर्ने लक्ष्य सरकारले राखेको छ ।
काठमाण्डौ तराई जोड्ने द्रुत मार्ग र मध्य पहाडी लोक मार्गको ट्रयाक खोल्ने कार्य एक बर्ष भित्रमा सक्ने महत्वकांक्षी योजना सरकारले राखेको छ । एक बर्ष भित्रका देशका सबै तुईनलाई झोलुङगे पुलले प्रतिस्थापन गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । बैदेशिक रोजगारीको पर्बदन गर्दै गैरआवासीय नेपालीका लागि लगानीमैत्रि बाताबरण तयार गर्ने लगाएका कुरा निति तथा कार्यक्रममा समेटिएको छ । ब्यबस्थापिका संहदको बैठकमा निति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपति यादबले देश अहिले अत्यन्तै कठिन मोडमा रहेको बताउनु भएको छ । उहााले यस्तो घडिमा सबैलाई हातेमालो गरेर शान्ति र संबिधानलाई पुरा गरी मुलुकलाई अगाडि बढाउन आग्रह गर्नुभएको छ
यसैविच प्रमुख प्रतिपक्षी दल कांग्रेले सरकारले ल्याएको वाषिर्क नीति तथा कार्यक्रम ”पञ्चायती शैलिको” भनी टिप्पणी गरेको छ । राष्ट्रपति रामवरण यादवले आज संसद् बैठकमा सरकारका वाषिर्क नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री रामशरण महतले यस्तो प्रतिक्रिया दिनुभएको हो । धेरै कुरालाई जोडजाड गरेर ल्याइएकाले कार्यान्वयन हुन नसक्ने दाबी गर्दै महतले निति तथा कार्यक्रम गफले भरिएको बताउनुभयो ।