|

हत्यारा पत्ता लगाउन प्रशासनलाई ७ दिने अल्टिमेटम

विनोद परियार,
बुटवल  १९ असार ।नवलपरासीको माकर ४ बर्दघाट निवासी १७ बर्षीय युवती शुभेच्छा चापागाईको हत्यारा पत्ता लगाउन बर्दघाटका स्थानीय राजनीतिक दलहरुले प्रशासन समक्ष ७ दिने अल्टिमेटम दिएका छन् ।
आफ्नै घरको छतमा विभत्स तरिकाले हत्या भएको एक्काइस दिन बितिसक्दा समेत हत्यारा पत्ता लगाउन नसकेको भन्दैे माकर गाविसमा क्रियाशिल ९ राजनैतिक दलहरुले जिल्ला प्रशासन कार्यालय नवलपरासीमा आज  सात दिने अल्टिमेटम दिदैं ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ७ दिनभित्र हत्यारा पत्ता लगाइ कानुनी प्रक्रिया अघि बढाउन अल्टिमेटम दिइएको एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य एवम् माकर सचिव चुडामणि भण्डारीले बताउनुभयो । दलहरुले दिएको समयभित्र प्रहरी प्रसाशनले हत्यारा पत्ता नलगाए आन्दोलनमा जान बाध्य हुने प्रशाशनमा बुझाएको ज्ञापन पत्रमा चेतावनी समेत दिएइको छ ।

एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, जनमुक्ति पार्टी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक लगायत ९ दलका माकर गाउ कमिटिले संयुक्त रुपमा ज्ञापन पत्र प्रशासनमा बुझाएका हुन् ।  एसएलसि परिक्षा  दिएकी बिद्यार्थी चापागाईको जेष्ठ ३० गते सोमबार राति आफ्नै घरको छतमा विभत्स तरिकाले हत्या भएको थियो । उनको शरिरमा गहिरो चोड लाग्ने गरी जताततै धारिलो हतियार प्रहार गरिएको अवस्थामा भेटिएको थियो । 

शुभेच्छा हत्याको क्रममा शुभेच्छाको हातमा हत्याराको कपाल भेटिदां समेत उक्त कपाल प्रहरीले निक्कै ढिलो मात्र ल्याव परीक्षणका लागि काठमाडौ पठाएको छ । हत्या भएको करिब दुई साता पछि मात्र उक्त कपाल ल्याव परीक्षणका लागि लैजानु दोषी पत्ता लगाउन प्रति प्रहरी र प्रशासन उदाशीन देखिएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

Posted by Butwalonline on 6:46 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हत्यारा पत्ता लगाउन प्रशासनलाई ७ दिने अल्टिमेटम"

Leave a reply