|

बेपत्ता परिवारले माओवादी मन्त्रीसँग मागे आफन्त

२ साउन, काठमाडौँ । सशस्त्र द्वन्द्वका बेला राज्यद्वारा बेपत्ता पारिएका नागरिकका परिवारले माओवादी मन्त्रीहरुसँग आफ्ना बेपत्ता आफन्तहरुको सार्वजनिकीकरणका लागि भए/गरेका प्रयासका बारेमा जानकारी मागेका छन् ।
बेपत्ता परिवार र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूबीच बिहान ८ बजेदेखि सिंहदरवारस्थित माओवादी संसदीय दलमा जारी सामूहिक भेटमा बेपत्ता परिवारले त्यसबारे जानकारी मागेका हुन् । छलफलमा गृह एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महरा शान्ति मन्त्री विश्वनाथप्रसाद साहलगायत आधा दर्जन मन्त्री र राज्यद्वारा बेपत्ता पारिएका परिवार समाजका तर्फबाट अध्यक्ष एकराज भण्डारी लगायत सहभागी छन् ।
बिहान ८ बजेदेखि जारी बैठकमा उनीहरुले बेपत्ता परिवारका सदस्यहरुको स्वास्थ्य,शिक्षा,बसोवास र खानपिनका लागि पार्टी र सरकारले केही नगरेर थप पीडा दिएको भन्दे आक्रोश पोखेका छन् । सरकार बाहिर रहँदा बेपत्ता सार्वजनिक गर्न माग गर्ने माओवादीले आफैं सरकारमा हुँदा भने त्यसबारे बेवास्ता गरेको आरोप उनीहरुले लगाएका छन् ।
पार्टीका तर्फबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान एवम् गृहमन्त्री कृष्णबहादुर महराले भने बेपत्ता परिवारको पीडाप्रति पार्टी र आफूहरु अतयन्तै संवेदनशील रहेको भन्दै बेपत्ताहरुको खोज्काि लागि सरकार गम्भीर रहेको तथा राहत उपलब्ध गराउन नयाँ आर्थिक वर्षको बजेटमा रकम बिनियोजन गरेको बताउनु भएको स्रोतले जनाएको छ । राज्यद्वारा बेपत्ता पारिएकाहरुको यकिन तथ्याङ्क राज्य र माओवादीसाग नभएपनि बेपत्ता परिवार समाजले भने करिब १५ सय नागरिक बेपत्ता रहेको बताउादै आएको छ ।
Source:Onlinekhabar

Posted by Butwalonline on 8:12 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बेपत्ता परिवारले माओवादी मन्त्रीसँग मागे आफन्त"

Leave a reply