दाईजोका कारण महिलाको ज्यान गयो
काठमाडौ, श्रावण २ -
दाईजोको नाममा रौतहटमा फेरि एकजना महिलाले ज्यान गुमाएकी छन् ।
चन्द्रनिगाहपुर-५ स्थित २२ वर्षीया किरण गुप्ताको दाईजको कारण हत्या गरिएको
उनका आफन्त जनले बताएका छन् ।
दाईजोमा सकारेको रकम नदिएको भन्दै किरणलाई उनको सासु र श्रीमान मिलेर
आईतबार राति हत्या गरेको मृतकका माईती पक्षले आरोप लगाएको छ । मृतक आफ्नै
घरमा पंखामा झुन्डिएको अवस्थामा फेला परेकी छन् ।
प्रहरीले जानकारी नदिई लास उठाउन मुचुल्का बनाएको भन्दै माईती पक्षलाई
पक्षले केटाको घरमा तोडफोड गरे पछि राति देखि नै स्थिति तनावग्रस्त बनेको छ
। प्रहरीले लास पोष्मार्टमको लागी जिल्ला लैजान गरेको प्रयास असफल भएको छ ।
घट्ना भएको गाउँमा स्थानियबासीको संख्या बढेपछि सुरक्षाकर्मिले एक राउण्ड
अश्रुग्यास समेत प्रहार गरेको छ । प्रहरीले घटनामा संलग्न केटा र आमालाई
राति देखी नै घरमा थुनेर राखेको छ ।
किरणलाई उनका श्रीमान गुडु साह र आमा उर्मिलादेबि साहले मिलेर हत्या गरेर लास पंखामा झुण्डाएको केटीका दाजु बद्रि साहले बताए ।
आईतबार बिहान देखि केटाका आमाले केटिको आमा सँग दाईजो बापत दिनु पर्ने रकम
दिन दबाब दिदै आएको माईती पक्षले बताएको छ । रकम नदिएकाले छोरीको हत्या
गरिएको मृतककी आमा सम्पदा देबिले बताईन ।
ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललन कुर्मिले माईती पक्षलाई थाहा
नै नदिई केटिको लास उठाउन मुचुल्का तयार गरेपछि तनाब बढेको हो । घट्नामा
सँलग्नलाई हदै सम्मको सजाय हुनु पर्ने माग राख्दै पिडित परिबारले राति देखी
नै केटाको घर घेरेर बसेका छन ।
०६८ जेठ १५ गते गुडु र किरणको बिबाह भएको थियो । बिबाहमा केटि पक्षले नगद
तथा गरगहना दिएको थियो । तर दाइजोको केहि रकम बाँकी रहेको र दिन दबाब दिए
पछि अफूहरुले दिने प्रतिबद्धता जनाएको मृतकका दाजु बदि्रले बतए । रौतहटमा
दाईजोको कारण १६ महिनामा १० महिलाको हत्या भईसकेको छ ।
Source:Kantipurnews