|

बसमा ढुंगे पहिरो खस्दा पाँच घाइते

पाल्पा, अषाढ २१ - तानसेन-वुटवल सडकखण्डको दोभान गाविसको सिद्धबाबा नजिकै ढुंगेपहिरो बसमा खस्दा पाँच यात्रु घाइते भएका छन् । घाइते यात्रुको लुम्विनी अञ्चल अस्पताल वुटवलमा उपचार भैरहेको छ ।      
सोमवार सांझ वुटवलवाट पाल्पा आउदै गरेको लु १ ख ५०५१ नम्वरको गुडिरहेको बसमा ढुंगे पहिरो खसेको दोभान प्रहरीले जनाएको छ । पाल्पावाट बुटवलतर्फबाट जादै गरेको लु ८ प ६१०४ नम्वरको मोटरसाईकललाई साईडदिने क्रममा बसमाथि ढुंगेपहिरो खसेको थियो । बसको पछिल्लो भाग क्ष्ातिग्रस्त बनेको छ । डोजर लगाएर राजमार्ग सुचारु गरेको बसमा यात्रा गरेका यात्रुले बताए । ढुंगाखस्दा खस्दै मोटरसाईकल छाडेर भागेका चालक भने सकुसल रहेको प्रहरीले जनाएको छ ।

Source:KantipurNews

Posted by Butwalonline on 6:19 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बसमा ढुंगे पहिरो खस्दा पाँच घाइते"

Leave a reply

ताजा अपडेट

सर्वाधिक लोकप्रिय

तपाईंका प्रतिक्रियाहरु