भीरबाट खसेको ढुंगाले एकको मृत्यु
काठमाडौ, अषाढ २१ - कालीकोटको थिर्पूमा भीरबाट खसेको ढुंगा लागेर सोमवार बेलुकी ४५ वर्षीय सक्कवहादुर बमको मृत्यु भएको छ ।
घरबाट १७ कोष टाढा जीते बजारबाट विश्व खाद्य कार्यक्रमको चामल बोकेर घर पुग्नै लाग्दा थिर्पू २ मा पर्ने जिन्दुर भीरबाट खसेको ढुंगा लाग्दा सक्त घाइते भएका बमको दुई घण्टापछि मृत्यु भएको अहेव रघुजन बमले बताए ।
भारी बोकेर जहान परिवार पाल्दै आएका बमको मृत्यु भएपछि श्रीमति, ५ छोरा र ३ छोरीको विचल्ली भएको गाविस सचिव नवराज बमले बताए ।
उनका आफन्तले चामल लिन जीते पठाउने विश्व खाद्य कार्यक्रमसग क्षतिपूर्तिको माग गरेका छन् ।
Source:kantipurnews