बिरामी लिन जाँदा एम्बुलेन्सनै दुर्घटना,दुई घाइते
उदयपुर, श्रावण ७ - सिरहाको लहान बजारबाट बिरामी लिन जाँदै गरेको एउटा एम्बुलेन्स शनिबार बिहान उदयपुरको भलायडाडाँ - ३ अँधेरी खोलामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी लाहान शाखाको बा.५ प ७८७० नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्समा सवार चार जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये लाहानकी ३२ बर्षीया निर्मला दाहाल र चालक हरीनारायण यादवको अवस्था गंम्भीर छ । दहालको देबे्र खुट्टा भाँचिएको र चालक यादवको शरीरमा चोटपटक लागेको जनाएको छ । अन्य दुईको नाम खुलेको छैन ।
घाइते दाहाललाई उपचारका लागि काठमाडौं लगिएको छ भने चालक यादवको लाहान नर्सिङ्गहोममा उपचार भइरहेको छ ।
पञ्चावती गाविसस्थित नेपालटार बजारमा बिरामी लिन जँदै गर्दा अँधेरी खोलाको उकालोमा एम्बुलेन्सको सापट भाँचिएर पछाडि सर्दा दुर्घटना भएको हो । दुर्घटनामा परेको एम्बुलेन्स सडकबाट करीब १० मिटर तल खसेको स्थानीयले बताएका छन्

Source:Kantipurnews