सप्तरीमा राजमार्ग अबरुद्ध
राजबिराज, श्रावण ७ - पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कल्याणपुरमा स्थानीय बासिन्दाहरुले शनिबार पुनः बाटो अवरुद्ध गरेका छन् । सरकारद्धारा नवघोषित नगरपालिका कल्याणपुरको केन्द्र अब्यहारिकरुपले मोहनपुर (कठौना)बजारलाई तोकेको बिरोधमा स्थानीय बासिन्दाहरुले राजमार्ग अवरुद्ध पारेका हुन् । अपरान्ह साढे ३ बजेबाट एक्कासि बाटो अवरुद्ध गरिएपछि त्यहा सयौ सवारी साधन रोकिदा यात्रुहरुको बिच्चली भएको छ ।
त्यहा ब्यापकरुपमा प्रहरी उपस्थित रहेपनि बाटो खूलाउने तर्फ कुनै पहल नभएकोमा यात्रुहरु आक्रोशित भएका छन् । नगरपालिकालाई चाहिने सवै पुर्वाधार कल्याणपुर बजारमा भएपनि सरकारले अब्यवहारिक तरिकाले केन्द्र तोकेको बिरोधमा स्थानिय बासिन्दाहरुले पाच दिन देखि निरन्तर आन्दोलन गर्दै आएका छन् ।

Source:kantipurnews