पाँच महिला र एक पुरुषको शव कुवेतमा 'बेबारिस'
काठमाडौ, श्रावण ७ - एक बर्षभन्दा लामो समयदेखि कुवेतमा अलपत्र अवस्थामा रहेका छ जना नेपालीको शव घर फिर्ता पठाउन अन्तिम 'पहिचान र जिम्मेवारी'को काम थालिएको छ ।
कुवेतस्थित दुतावासले यी नेपालीहरुको शवसँग उनीहरुको पासपोर्ट आधारको 'पहिचान-आधार' मिल्छ/मिल्दैन भनी सम्बन्धीत आफन्तजन मार्फत जानकारी झिकाउन परराष्ट्रलाई आग्रह गरेको छ । 'कतिपय नेपालीको पासपोर्टमा अर्कै व्यक्ति वा विदेशी समेतको पासपोर्ट टाँसेर आउने कार्यले पनि शव पठाउने कार्यमा कठीनाइ भैरहेको छ,'कुवेत दुतावासका काउन्सेलर पुष्प भट्टराईले कान्तिपुरसग भने-'अहिले पठाइएको पासपोर्ट र विवरणमा कुनै भिन्नता छ/छैन भनेर बुझबुझारथ गर्न यो प्रकृया थालेका हौं ।' मृतकको पासपोर्ट आधारमा भने उनीहरु इन्द्रपुर-मोरङ)की २९ बषिर्या सबिता नेपाल, शनिश्चरे-मोरङ)का ४१ बषिर्या सानीमाया नेपाली, हसनदह-मोरङ)की ३४ बषिर्या सरस्वती खबास, म्याग्दी-बबियाचौर)की ४४ बषिर्या शान्ती दर्जी र इटहरा-मोरङ)की ३१ बषिर्या योङहाङ लिम्बु तिलाको शव बेबारिस रहेको छ । कुवेतको फरेन्सिक मेडिसिनमा जयमगर, कपिलबस्तुका २७ बषिर्य कृष्णे कामीको शव समेत एक बर्षदेखि वेवारिस रहेको छ ।
'मृतकको पासपोर्ट र विवरण आधारमा पहिचान गरिदिन र आफन्तको जिम्मेवारी लिइदिन बारम्बार आग्रह गरेका हौं,'भट्टराईले भने-'तर कहींकतैबाट चासो वा जानकारी नरहेको अवस्थामा सार्वजनिक रुपमा आहृवान गर्नुपरेको हो ।'Source:Kantipurnews