|

मृतकका आफन्तद्वारा अस्पतालमा प्रदर्शन र धर्ना

कलेन्द्र सेजुवाल, सुर्खेत, साउन १३- अस्पताल ल्याइएकी बिरामीलाई डक्टरले गलत औषधी दिएकाले मृत्यु भएको भन्दै मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृतकका आफन्तले प्रदर्शन गरेका छन्। उनीहरुले अस्पतालको मुख्य द्वारमा धर्नासमेत दिइरहेका छन्।


यसरी मृत्यु हुनेमा वीरेन्द्रनगर नपाकी ३३ वर्षीय तुलसी कठायत छिन। उनलाई ८ गते अस्पताल ल्याइएकामा ११ गते पाइल्सको अपरेशन गरिएको थियो। अपरेशनपछि पेट दुख्यो भनेकी उनलाई डक्टरले अर्कै औषधी दिएको मृतकका आफन्तको आरोप छ। अहिले यही विषयमा अस्पतालमा मिटिङ चलिरहेको छ।

Source:Nagariknews

Posted by Butwalonline on 1:48 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मृतकका आफन्तद्वारा अस्पतालमा प्रदर्शन र धर्ना"

Leave a reply