चितवनका दुई ठाउँमा पहिरो
भरतपुर, श्रावण १४ - पुथ्वी राजमार्ग अन्तर्गत चितवनको मुग्लिन नजिकै दारोचोक गाबिस ३ सिमलधारमा आज बिहान गएको पहिरो केही बेर अघि हटाएपछि एक तर्फी सवारी संचालनमा आएको छ । सिमलधारमा पटक पटक पहिरो झर्दा सवारी आवागमन प्रभावित हुंदै आएको छ ।
त्यसैगरी गएराती नारायणगढ - मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको कविलास गाबिस ६ सिमलतालमा गएको पहिरोले पनि सवारी आवागमन प्रभावित भएको छ । जिल्ला प्रहरीका अनुसार डोजरले पहिरो हटाउन सुरु गरिएको छ । अहिले एकतर्फी सवारी संचालन भइरहेको छ ।
Source:KantipurNews