|

पाँच बुँदे सहमति अनुसार राजीनामा गर्न खनाललाई कांग्रेसद्वारा अग्राह

काठमाडौ, श्रावण १४ - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पाँच बुँदे सहमति अनुसार राजीनामा गर्न प्रधानमन्त्री झलनाथ खनाललाई आग्रह गरेको छ । कांग्रेस नेताहरु शनिबार बालुवाटार पुगरे प्रधानमन्त्रीलाई उक्त आग्रह गरेका हुन् ।


प्रधानमन्त्रीको राजीनामा माग गर्दै कांग्रेसले लगातार संसद अवरुद्ध गर्दै आएको छ । राजीनामा नआएसम्म संसद अवरुद्ध जारी रहने कांग्रेसले प्रधानमन्त्रीलाई स्पष्ट पारेको छ । कांग्रेस सभापति सुशील कोइराला,वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल प्रधानमन्त्री निवास पुगेका थिए । बिहान ८ बजेदेखि ९ बजेसम्म बालुवाटारमा रहेका कांग्रेस नेताहरुले पाँच बुँदे सहमति कार्यान्वयनमा जोड दिएका थिए । शान्ति,संविधान र राष्ट्रिय सहमतिका विषयमा दुई पक्षबीच कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

माओवादीले मन्त्रिपरिषद् पुनर्गठनको प्रस्ताव ल्याएको बेला कांग्रेसले प्रधानमन्त्रीलाई त्यो पाँच बुँदे सहमति विपरीत हुने भन्दै राजीनामा दिएर राष्ट्रिय सरकारको मार्ग प्रशस्त गर्न दवाब दिएको छ ।

प्रधानमन्त्री खनालले राजीनामाको विषयलाई लिएर संसद अवरुद्ध नगर्न कांग्रेस नेताहरुलाई आग्रह गरेका थिए । 'राजीनमाको विषयलाई लिएर संसद अवरुद्ध नगर्नुहोस,म राजीनामा दिन तयार नै छु,'प्रधानमन्त्रीले भने-'सहमतिको वातावरण बनाऔं मैले राजीनामा दिने भनेकै छु ।'

मन्त्रिपरिषद् पुनर्गठन नगरे गठबन्धनबाट हट्ने माओवादीको चेतावनी र पुनर्गठन नगर्न कांग्रेस तथा आफ्नै दल एमालेले दिइरहेको दवाबकाबीच प्रधानमन्त्री घेरिएका छन् । माओवादीले १२ मन्त्री र १२ राज्य मन्त्रीको नाम प्रधानमन्त्रीलाई दिएको ६ दिन भइसक्दा पनि उनीहरुको सपथको टुङ्गो लाग्न सकेको छैन ।

कांग्रेस र प्रधानमन्त्रीबीच भएको भेटमा विश्वविद्यालय,संवैधानिक निकायका नियुक्ति लगायतका विषयमा पनि छफल भएको थियो ।

Source:Kantipurnews





Posted by Butwalonline on 7:42 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाँच बुँदे सहमति अनुसार राजीनामा गर्न खनाललाई कांग्रेसद्वारा अग्राह"

Leave a reply