यौनसम्पर्कपछि दिदीको हत्या
सिन्धुलीमाढी, साउन १४- हाडनाता करणी गरी दिदीको हत्या गरेको अभियोगमा सिन्धुलीको पुरानो झागाझोली-२ नाङ्गेडाँडा निवासी एक युवकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने मृतक गीता थापाको काकाको छोरा सीताराम थापा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक गीतासँग सहमतिमा नै हत्या भएको दिन राति ८ बजे यौनसम्पर्क भएको र यौन सम्पर्कका क्रममा मृतक गीताको आवाज अर्कै घरमा सुतेकी आमा रितुमायाले सुनेर छोरीको कोठामा पुग्दा आपतिजनक अवस्थामा पाएको थापाले प्रहरीसामु बयान दिएका छन्।
मृतक थापा दुई दिनअघि विष सेवन गरेर मृत अवस्थामा घरमा फेला परेपछि अनुसन्धानका क्रममा करणी गरी हत्या गरेको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक गीतासँग सहमतिमा नै हत्या भएको दिन राति ८ बजे यौनसम्पर्क भएको र यौन सम्पर्कका क्रममा मृतक गीताको आवाज अर्कै घरमा सुतेकी आमा रितुमायाले सुनेर छोरीको कोठामा पुग्दा आपतिजनक अवस्थामा पाएको थापाले प्रहरीसामु बयान दिएका छन्।
आमाबाट यो खबर फैलिन भयले सीताले विष ल्याइ दिन भनेपछि विष सेवन गर्न दिएको र विष सेवनपछि छटपटाइ रहेकी दिदीको मुन्टो बटारेर हत्या गरेको थापाले साविती बयान दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ। साभार:कान्तिपुर/रासस
