जेठो पुस्ता सिकाउँदै, कान्छो सिक्दै
म्याग्दी, श्रावण १४ - यस भेगमा लोकपि्रय रहेको ख्याली नृत्य लोप हुन नदिन घार गाविसका पुन मगर कान्छो पुस्तालाई सिकाउन जुटेका छन् । गाउँका अधिकांश युवा विदेशिएका, उनीहरूका परिवारजन शिक्षाको खोजीमा सहरबजार झर्ने र युवाहरूमा पश्चिमा संस्कृतिको बढ्दो प्रभावले गाउँघरमा बचेको मगर संस्कृतिसमेत लोप हुन थालेपछि अभियान थालिएको हो ।
'युवा समुदायमा परम्परागत संस्कृतिप्रति आकषिर्त गर्न कला, संस्कृति हस्तान्तरण गर्न किशोर, युवा र बुढापाकाको मिश्रति मगर पुख्र्यौली गीत/नृत्य कार्यक्रम गरेका हौं,' ख्याली संरक्षण समितिका सदस्यसमेत रहेका मादले देवेन्द्र गर्बुजा पुनले भने । ख्याली गीत सुरु गर्नेलाई थाल्ने, गाउनेहरूलाई छोप्ने र महिलाको भेषमा सजिएर नाच्ने पुरुषलाई मारुनी र पुरुषकै भेषमा मादल बजाउँदै नाच्नेलाई मादले भनिन्छ । परम्परागत वेशभूषामा सजिएको मादले तालमा महिलाको भेषमा सजिएका मारुनीहरू नाच्छन् । ख्याली नृत्यमा मादलका २२ ताल हुन्छन् ।
वैदेशिक रोजगारीले गाउँलेको आयस्तरमा वृद्धि भएपछि विस्तारै सहरबजारतर्फ बसाइँ सर्नेको ताँतीले गाउँघर शून्य र परम्परागत संस्कृति लोप हुँदै गएको छ । 'बसाइँ सराइले हाम्रो पुख्र्यौली संस्कृति मासिँदै गएको छ ।
गाउँघरमा बुढापाकासँग ख्याली, सरस्वती जगाउनेलगायतको पुख्र्यौली संस्कृति जीवित भए पनि अधिकांश युवा बेखबर छन्,' टिकोट माविका प्रधानाध्यापकसमेत रहेका प्रदीप पहरे पुनमगरले सुनाए, 'गाउँमा रहेका हामी युवा पुन मगरको संस्कृति जोगाउन प्रयत्न गर्दैछौं ।' पुन मगरहरूको अर्को पुख्र्यौली नृत्य हो, सरस्वती जगाउने नृत्य । सरस्वती जगाउँदा भने मादलको सात ताल बजाउने गरिन्छ । यस्तो ताल बजाउँदा कोही कोही काप्नेसमेत गर्छन् ।
पुन मगरहरूको पुख्र्यौली नृत्य ख्याली र सरस्वती जगाउने नृत्यलाई युवा पुस्तामा हस्तान्तरण गर्न म्याग्दीको घार गाविस ४ खिवाङका पुन मगर समाजले पुख्र्यौली नृत्यको प्रदर्शनी गरे । पुन मगरहरूले पुख्र्यौली नृत्य गर्दा मारुनीहरूले नीलो पटुका, मखमली चोलो, छिट्को गुन्यु, कालो मखमली टेकी, कम्मरमा बर्को र टाउकोमा मजेत्रो बाँध्ने तथा जन्तर, हम्मेल, शिरफूललगायतका गहना लाउँछन् ।
त्यसैगरी मादलेहरूले सेतो कछाड, पटुका, भोटो, इस्टकोट, भाङ्ग्रा, टाउकोमा फेटा र मुगाको माला लगाउने चलन छ । 'ख्याली नृत्यको सुर, मादलको ताल र गीतको भाका टिप्ने शैली युवा पुस्तालाई सिकाउन बाबु, छोरा र नाति तीन पुस्तासँगै नाच्ने, गाउने र बजाउने कार्यक्रम गरेका हौं,' पुन मगरको पुख्र्यौली नृत्य संरक्षणका अभियन्ता जसबहादुर तिलिजाले बताए ।
मगर जातिमा मुख्य तीन सम्प्रदायहरू ढुट भाषी मगर (१२ मगरात), काइके भाषी मगर (तराली) र खाम भाषी मगर (१८ मगरात) मध्य रुकुम, रोल्पा, बाग्लुङ, पर्वत, म्याग्दी क्षेत्रमा बसोबास गर्ने पुन, तिलिजा, खोरजा, गर्बुजा, पाइजा, शेरपुजा खाम भाषी मगरबीच ख्याली लोकपि्रय नृत्य हो ।

साभार:कान्तिपुर