|

५० भन्दा बढी कर्मचारी नियन्त्रणमा

विराटनगर, श्रावण ४ - मोरङ जिल्ला प्रशासनमा धर्ना दिंदै काममा अवरोध गर्न खोज्ने ५० भन्दा बढी कर्मचारीलाई केहीबेरअघि प्रहरीले पक्राउ गरेको छ । सरकारले बजेटमार्फत वृद्धि गरेको तलबप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रेका कर्मचारीहरुले प्रशासन कार्यालयको मूलद्वारमा बसी सेवाग्राहीलाई प्रवेश गर्न नदिइ कार्यालयको काममा अवरोध पुर्‍याउने खोजेपछि प्रंहरीले नियन्त्रणमा लिएको हो । कर्मचारीहरु जुलुससहित प्रशासन कार्यालय पुगेका थिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइ खेलकुदको कभर्ड हलमा राखेको छ ।

Source:Kantipurnews

Posted by Butwalonline on 9:09 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "५० भन्दा बढी कर्मचारी नियन्त्रणमा"

Leave a reply