|

लभ्लीको एउटै सपना फिल्मको सफल नायिका बनेरै छाड्ने


सुन सुन सासु, आँखाभरी आँसु, मम चिकेन मासु, मैले पनि खाछु...' उनी हरेक पटक यो र्‍याप गीत गाउँछिन् । अनी र्‍याप शैली मै बोलेर दर्शकलाई हसाउँछिन् । हाँस्य टेलीसिरिलय झयाईँकुटी-झयाईँकी हाँस्य अभिनेत्री लभ्लीलाई सबैले र्‍यापर आर्टिस्टको रुपमा चिन्छन् ।
झयाईँकुटी झयाँईकी लभ्लीको बास्तबिक नाम भने सँगम राई हो । उदयपुर, गाईघाटकी सँगमले आफ्नो फिल्मी करिअर भोजपुरी सिनेमाबाट गरेकी हुन् । उनकी आमाको पट्नामा फिल्म निर्माण कम्पनी छ । त्यसैले उनलाई भोजपुरी फिल्ममा नायिका बन्न गाह्रो भएन । लभ्ली चलचित्र मार्फत पृथक रोलमा प्रस्तुत हुने दाउमा छिन् ।
उनलाई आइलभयू भन्नेहरु धेरै छन् । त्यस्तालाई मुखले आईलभयू टु भनेपनि प्रेम भने आफैंलाई गर्ने गरेको पनि सँगमले स्पष्ट पारिन् । भविष्यमा आफ्नै लगानीमा फिल्म बनाउने सपना साँचेकीसँगम राई तेक्वान्दोको ब्लाक बेल्ट हुन् । आधा दर्जन निर्देशकको म्युजिक भिडियो खेलीसकेकी लभ्लीको एउटै सपना छ । त्यो हो नेपाली फिल्मको सफल नायिका बनेरै छाड्ने ।
फोटोः रमेश सुवेदी/अनलाइनखबर
पहिरनः कस्तूप फेन्सी स्टोर नयाँबानेश्वर
सृङ्गारः बिनी लिम्बु, हेयर कट एन्ड ब्युटीकेयर सेन्टर बागबजार

Sorce:onlinekhabar

Posted by Butwalonline on 1:41 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लभ्लीको एउटै सपना फिल्मको सफल नायिका बनेरै छाड्ने"

Leave a reply