अर्जेन्टिना क्वाटरफाइनलबाटै बाहिरियो
१ साउन, काठमाडौं । १४ पटकको विजेता आयोजक राष्ट्र अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइलनबाटै बाहिरिएको छ ।
घरेलु मैदान सान्ता पेमामा आइतबार भएको खेलमा अर्जेन्टिना, उरुग्बेसँग टाइब्रेकरमा ५-४ ले पराजित भएको हो ।
निर्धारित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । पेनाल्टी सुट आउटमा कालोर्स टेभेजको प्रहार असफल भएपछि अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिएको छ ।
खेलमा उरुग्बेले अग्रता लिएको थियो । खेलको पाँचौ मिनेटमा डिएगो पेरेजको गोलबाट अग्रता दिएको उरुग्बेलाई ११ मिनेटभन्दा बढी अग्रता कायम राख्न सकेन । खेलको १८ औं मिनेटमा अर्जेन्टिनाका गोन्जालो हिगुइनले गोल गर्दै बराबरी गरे । खेलको ३९ औं मिनेटमा पेरेज दोस्रो पहेलो कार्ड खाँदै मौदानबाट बाहिरिए ।
खेल आफ्नो नियन्त्रणमा लिएर पनि गोल गर्न नसकेको अर्जेन्टिना अन्त्यतिर १० खेलाडिमा सिमित भएको थियो । हामियर मासेरानो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
यसैगरी कोलम्बियालाई २-० ले पराजित गर्दै पेरु पनि अन्तिम चारमा पुगेको छ ।