गुलरियामा प्रेसर कुकर बम विष्फोट
बर्दिया, असार २३- तराईमा सशस्त्र सर्ङ्घष गर्दै आएको जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीले आज बिहान गुलरिया छोटी भन्सार कार्यालयमा प्रेसर कुकर बम विष्फोट गराएको छ।
बम विस्फोटबाट कार्यालयको पछिल्लो भागमा सामान्य क्षति पुगेको छ। विष्फोटबाट कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक कृष्णप्यारा खरेलले जानकारी दिए।
विष्फोटलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीका थरुहट कमाण्ड इन्चार्ज पवन सिंहले चेतावनीस्वरुप बम विष्फोट गराइएको बताए।
घटनालगत्तै त्यस क्षेत्रमा प्रहरी सक्रियता बढाइएको र घटनामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक खरेलले जानकारी दिए। रासस