माओवादी सभासद् बस्याल सम्पर्कविहीन
काठमाडौं, असार २३ - गत जेठ १४ गतेदेखि संसदमा उपस्थित नभएका पर्वत-२ बाट प्रत्यक्ष निर्वाचित एकीकृत माओवादीका सभासद् गुणाखर बस्याल परिवारबाट सम्पर्कविहीन भएका छन्।
श्रीमती खिमाकुमारी र सभासद्का स्वकिय सचिव ऋषिराम भुषालले एक साताअघि अपहरणमा परेको आशंका गर्दै महानगरी प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएका थिए।
प्रहरीले अर्कै महिलासँग चितवन बस्न थालेको थाहा पाएपछि उनको अनुसन्धान छाडेको बुझिएको छ।
जाहेरीअनुसार अनुसन्धान गर्दा 'युवतीको विषयमा आफूखुशी हिँडेको' खुलेको एक प्रहरी अधिकृतले जनाए।
३९ वर्षीय बस्याल २०४० सालदेखि राजनीतिमा सक्रिय भई ०४८ देखि भूमिगत हुन थालेका थिए।
Source:Nagariknews