पहिरो खसेर दुई युवतीको ज्यान लियो
टेकनारायण भट्टराई, पाल्पा, असार १७- बिहीबार राति परेको अविरल वर्षाका कारण आएको पहिरोले च्यापिएर दुई किशोरीको मृत्यु भएको छ। तल्लो माथिल्लो घरका दुई दिदीबहिनी बसेर गोठको कोठामा पढेको अवस्थामा रुखले च्यापिएको स्थानीयले बताएका छन्। मृत्यु हुनेमा १७ बर्षीया सृजना विक र १६ बर्षीया सुनिता विक रहेका प्रहरीले जनाएको छ।
पश्चिम पाल्पाको पालुङ्मैनादी गाविस-६ डवका स्थित कालिका माविबाट एसएलसी परीक्षा दिएकी सृजना गणित विषयमा अनुत्तीर्ण भएपछि पुरकको तैयारी गर्दै थिइन् भने सुनिता कक्षा १० की छात्रा हुन्।
गोठसाले घरमा पढेर बसेका उनीहरुको राती १ बजे पहिरो खसेर गोठ भत्किँदा च्यापिएर मृत्यु भएको स्थानीय लीला कार्कीले बताए।
गोठमा बाँधेर राखेको लैनौभैसी समेत च्यापिएर मरेको छ। शुक्रबार विहान स्थानीय र प्रहरीले पहिरो पन्छाएर शव बाहिर निकालेको छ। प्रहरी नायब उपरीक्षक गोविन्द थपलियाले घटनास्थलमा टोली पठाइएको र पोष्टमार्टमका लागि पाल्पा ल्याउँदै गरिएको बताए।
Source:Nagariknews