|

पहिरोका कारण पृथ्वी राजमार्ग बिहानैदेखि अवरुद्ध

चितवन, असार १७- अविरल वर्षापछि खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिङ-नौबिसे सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डअर्न्तगत पर्ने चितवनको दारेचोक- ४ सिमलधारामा लेदो माटोसहितको ढुङ्गा खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सडक अवरुद्ध भएपछि मुग्लिनबाट गएको डोजरले अहिले पहिरो पन्छाउने काम गरिरहेको छ। पहिरोका कारण बिहान साढे ५ बजेदेखि राजमार्गमा पूर्णरुपमा यातायात सेवा ठप्प छ। रासस

Posted by Anonymous on 7:50 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पहिरोका कारण पृथ्वी राजमार्ग बिहानैदेखि अवरुद्ध"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु