लुम्बिनीमा पेट्रोलियम पदार्थको हाहाकार
६ असार, बुटवल । ट्यांकर व्यवसायीले नेपाल आयल निगमको रुपन्देही भलवारीस्थित क्षेत्रीय डिपोबाट तेल नउठाएपछि लुम्बिनी अञ्चलमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।
पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघको भलवारीस्थित कार्यालयमा प्रवेश गरी कुटपिट गर्ने चालक तथा परिचालकलाई कारबाहीको माग गर्दै ट्यांकर नचलाएपछि पेट्रोलियम पदार्थ अभाव भएको हो ।
संघका पदाधिकारीमाथि कुटपिट गर्ने चालक र परिचालकलाई कारबाही नभएसम्म तेल ढुवानी नगर्ने संघका अध्यक्ष राकेशकुमार कशौधनले बताउनुभयो ।
Source:Onlinekhabar