एसएलसी नतिजा प्रकाशित
भक्तपुर, अषाढ ६ - यस वर्षको एसएलसी नतिजा प्रकाशित भएको छ । यस वर्ष नियमतितर्फ ५५ दशमलव ५ प्रतिशत र आंशिकतर्फ १७ दशमलव ३ प्रतिशत उत्तीर्ण भएका छन् ।
थप समाचार केही समयपछि
परीक्षा नियन्त्रक सूर्य गौतमले एसएलसीको नतिजा सोमबार दिउँसो साँढे चार बजे प्रकाशित गरिने जनाएका छन् । यसका लागि परीक्षा नियन्त्रकको कार्यालयले बिहानै देखि तयारी सुरु गरेको छ ।
सोमबार बिहान सरोतले केही विद्यार्थीको एक दुई नम्बर नपुगेर फेल भएको पाएपछि पुनः उसको कापी खोजेर हेर्ने काम भइरहेको उल्लेख गर्दै दिउँसोसम्ममा प्रकाशित गर्ने बताएका थिए । परीक्षा नियन्त्रक गौतमले बिहानै सुरक्षाको व्यवस्था गरिदिन प्रहरीलाई समेत जानकारी गराएका थिए ।
‘आज तीन बजे नतिजा निकाल्ने भनेर परीक्षा नियन्त्रकले सुरक्षा माग गर्नु भएको छ,’ महानगरीय प्रहरी बृत ठिमीस्थित प्रहरी स्रोतले भने, ‘टोली दुई बजेदेखि नै खटिनेछन् ।’
यस बर्ष मुलुकभरबाट ४ लाख ९६ हजार २ सय ४३ जना बिद्यार्थी सहभागी छन् । जसमा नियमित तर्फ छात्र दुई लाख २९ हजार सात सय ९१ जना र छात्रा दुई लाख ६ हजार ६ सय २० जना रहेका छन् ।
एक्ज्याम्टेड तर्फ छात्र २५ हजार आठ सय पाच जना, छात्रा ३४ हजार २७ जना छन् । खुल्ला विद्यालयका आठ हजार एक सय ४० जना जसमा छात्र चार हजार पाच सय ७८ र छात्रा ३ हजार ६ सय ६२ जना छन् । परीक्षा १० चैत्रदेखि सुरु भई १८ गतेसम्म भएको थियो ।
परीक्षा नियन्त्रण कार्यालयले एएलसीको नतिजा प्रकाशित गरेपछि नतिजा कान्तिपुरको K'MAZZA सेवामा पनि SMS गरेर प्राप्त गर्न सकिने छ । नतिजा प्राप्त गर्नका लागि: SLC <स्पेश> सिम्बोल न. टाइप गरी ८०८० मा SMS पठाउनु पर्नेछ ।
Source:KantipurNews