आँप र लिची उत्पादनमा भारी वृद्धि
१४ असार, बुटवल । गतवर्षको तुलनामा यस वर्ष रुपन्देहीमा आँप र लिची उत्पादनमा वृद्धि भएको छ ।जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले गतवर्षको तुलनामा यो वर्ष आूपको उत्पादनमा छ गुणाले वृद्धि भएको जनाएको छ । मौसम अनुकूल र आूपको फल लाग्ने समयमा हावाहुरी र असिनापानी नपरेका कारण आूपको उत्पादन वृद्धि भएको कृषि कार्यालका प्राविधिक सहायक रामनारायण चौधरीले जानकारी दिनुभयो ।
यस वर्ष आूपमा लाग्ने रोग पनि नलागेको र गत साल नफलेका कारण यस वर्ष आूपको उत्पादनमा अत्यधिक वृद्धि भएको चौधरीले बताउनुभयो । गतवर्ष तीन सय ३५ हेक्टर क्षेत्रफलमध्ये तीन सय हेक्टर उत्पादनशील क्षेत्रफलमा तीन सय चार मेट्रिक टन आूपको उत्पादन भएकोमा यस वर्ष बढेर दुई हजार ३०७ मेट्रिक टन उत्पादन भएको हो ।
आूपको उत्पादन बढेपछि यस वर्ष आूपको मूल्यमासमेत गिरावट आएको छ । गतवर्ष ५० देखि ८० रुपैयाू प्रतिकेजीमा बिक्री हुने गरेको स्थानीय आूप यस वर्ष २५ देखि ४० रुपियाू प्रतिकेजीसम्ममा बिक्री भएको बिक्रेताहरू बताउूछन् । आँपको उत्पादन बढेकाले यस वर्ष बजारमा स्थानीय आँप धेरै पाइन थालेको र मूल्य पनि केही सस्तो रहेको उपभोक्ता बताउँछन् ।
रुपन्देहीमा ठूलो परिमाण अर्थात् जिल्लाको मागलाई नै धान्न सक्ने गरी आूपको उत्पादन नभए पनि पर्रोहा, छोटकी रामनगर, खड्वा वनगाई, छिपागढ, बोधबार, रायपुरलगायतका गाविसमा आूपको उत्पादन हुने गर्दछ । त्यस्तै रुपन्देही जिल्लामा यस वर्ष लिचीको उत्पादनमा पनि वृद्धि भएको छ । गतवर्ष आठ सय मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष ८५५ मेट्रिक टन लिचीको उत्पादन भएको छ ।गतवर्षभन्दा यस वर्ष धेरै क्षेत्रफलमा लिची लगाइएको र मौसम पनि राम्रो भएकाले उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको भनाइ छ । गतवर्ष एक सय ७६ हेक्टर जमिनमा लिची लगाइएकोमा ८१२ मेट्रिक टन मात्र उत्पादन भएको थियो ।
यस वर्ष भने १८० हेक्टर क्षेत्रफलमा लगाइएकोमा ८५५ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । रुपन्देहीको मक्रहर र खड्वा वनगाईमा लिचीको उत्पादन राम्रो हुने बताइएको छ ।
Source:Onlinekhabar