रिक्सा भाडामा पनि तीस प्रतिशतले बृद्धि
जनकपुर, अषाढ ११ - जनकपुर नगरमा कुद्ने रिक्साको भाडामा शनिबारबाट ३० प्रतिशतले वृद्धि गरिएको छ । यहाँको अस्त-व्यस्त रिक्सा व्यावसायलाई व्यवस्थित गर्न जनकपुर नगर पालिकाले बोलाएको सर्वपक्षीय बैठकले रिक्सा चालक आचार संहिता संगै भाडामा पनि बृद्धि गर्ने निर्णय गरेको छ ।
नगर पालिकाका कर अधिकृत परमेश झाले बढ्दो मंहगीलाई दृष्टिगत गरी रिक्सा भाडामा तीस प्रतिशत बृद्धि गर्ने निर्णय गरिएको बताए । २०६५ यता रिक्सा भाडामा बृद्धि भएको थिएन । बैठकमा जिल्ला प्रशासन, प्रहरी, ट्राफिक, उद्योग वाणिज्य संघ तथा रिक्सा युनियनका प्रतिनिधीहरुको उपस्थिति थिए ।
कर अधिकृत झाका अनुसार सर्वपक्षीय बैठकमा रिक्सा चालकले अनिवार्य रुपमा परिचयपत्र तथा दर रेट पुस्तिका राख्नु पर्ने,नावालिकले र मदिरा सेवन गरी रिक्सा चलाउन नपाउने, राति वत्तीको व्यवस्था, नियमित नविकरण आदि व्यवस्थाको अनिवार्यता गरिएको छ ।
जनकपुरमा आन्तरिक आवागमनको लागी रिक्सा एकमात्र सवारीको साधन हो । रिक्सा चालकहरुको मनपरी भाडा उठाउने र यात्रुसंग गर्ने दुव्र्यावहारका कारण सेवाग्राहीहरु मर्कामा पर्दै आएका छन् । जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक संतोष पन्त रिक्सा व्यावसायलाई व्यवस्थित गर्न यसअघि पनि अनेकौ प्रयास गरेका थिए तर सफल हुन सकेका थिएन । शुक्रवार सम्पन्न बैठक पछि प्रनि पन्तले पनि प्रसन्नता व्यक्त गरेका छन् । उनले कान्तिपुरसंग भने-आशा गरौं जनकपुरको रिक्सा व्यावसाय मर्यादित हुनेछ ।
अर्कोतर्फ रिक्सा भाडामा भएको बृद्धिबाट रिक्सा चालकहरु प्रशन्न भएका छन् । रिक्सा चालक बौका साहले भने-'पैसेन्जर नै हाम्रो भगवान हो । पैसेन्जरसंग राम्रो व्यावहार गर्ने पर्यो । '
जनकपुर नगर पालिकाको अभिलेख अनुसार-जनकपुरमा हाल साढे तीन हजार रिक्सा दर्ता छन् । ती मध्ये मुस्किलले दुई हजार चालू अवस्थामा रहेको कर अधिकृत परमेश झाको दावी छ । झाका अनुसार-नयाँ पुस्ताका युवकहरु रिक्सा चलाउनु भन्दा अन्य पेसा गर्न मन पराउँछन् ।
Source:Kantipurnews