जन्ती चढेको डुङ्गा पल्टिंदा चार बेपत्ता
काठमाडौ, अषाढ १२ - ओखलढुङ्गाबाट उदयपुर जाँदै गरेको जन्ती चढेको डुङ्गा आइतवार बिहान साँढे आठ बजे सुनकोशी नदीमा पल्टिंदा चार जना हराइरहेका छन् ।
प्रहरीका अनुसार ओखलढुङ्गाको बलखुबाट उदयपुरको घुमर्मी तर्फ जाँदै गरेको उक्त डुङ्गा बलखु–७ को थुम्लेघाटमा पल्टेको हो । ९ जना यात्रु सवार रहेकोमा चार जना बेपत्त रहेको प्रहरीले जनाएको हो ।
उद्दारको लागि आखलढुङ्गाकै हर्कपुर प्रहरी चौकीदेखि सशस्त्र र नेपाल प्रहरी गरी ९ जना र पलपु देखि चार प्रहरी घटनास्थल तर्फ लागेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक अच्युत चापागाईले ईकान्तिपुरलाई जानकारी दिए ।
Source:KantipurNews