जिउँदैलाई मृत घोषणा गरी मूल्यवान् जग्गा व्यक्तिको नाममा दर्ता गर्ने सीडीओलाई अदालतले बोलायो
बाँके, अषाढ ५ - जिउँदैलाई मृत घोषणा गरी मूल्यवान् जग्गा सरकार र व्यक्तिको नाममा दर्ता गर्ने अधिकारीलाई पुनरावेदन अदालत नेपालगन्जले हाजिर हुन बोलाएको छ । विवादित जग्गालाई अदालतले रोक्का राख्न भनेको छ ।
मुख्य न्यायाधीश केशवप्रसाद मैनालीले बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल लगायतलाई असार ६ मा घटनाका सम्बन्धित अधिकारीलाई छलफलका लागि अदालतमा बोलाएका हुन् । सम्बन्धित अधिकारीले जीवितलाई मृत घोषणा गरी जग्गा कब्जा गरेको भन्दै नेपालगन्जका हीरामानहरि गिरीले अदालतमा उजुरी दिएका थिए ।
बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी दाहालको जेठ २० मा कञ्चनपुरमा काज सरुवा भएको तर आदेश जेठ २२ गते दिएको देखिएको भन्दै अदालतले सम्बन्धहरूलाई झिकाउन आदेश दिएको हो ।
दाहालले दिएको आदेशपछि गिरीको नाममा कोहलपुरमा रहेको दुई बिघा छ कठ्ठा जग्गा बाँकेलाल चमार र सरकारको नाममा दर्ता भएको थियो । चमारले जग्गाधनी पुर्जा बनाई जेठ २५ गते २७ लाख रुपैयाँमा उक्त जग्गा बिक्री गरेका थिए । गिरीलाई मृत घोषणा गरी जग्गा सरकारको नाममा गर्ने आदेश दिएका प्रमुख जिल्ला अधिकारी दाहालले गाविसको सिफारिसका आधारमा आफूले काम गरेको दाबी गरे ।
'निवेदन आएपछि हामीले जग्गा दर्तावाला गिरीका बारेमा बुझ्न कोहलपुर गाविसलाई पत्राचार गरेका हौं । उसले मृत्यु भइसकेको र कोही पनि हकवाला नभएको प्रतिवेदन दिएपछि उक्त आदेश दिइएको हो,' उनले टेलिफोन सम्पर्कमा भने । दाहालले आफ्नो कुनै गल्ती नरहेको दाबी गर्दै गलत प्रतिवेदन पेस गर्ने कर्मचारीलाई कारबाही हुनुपर्ने बताए ।
Source:KantipurNews