|

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौ, अषाढ ५ - प्रेसमाथि भएको आक्रमणका अभियुक्तहरुलाई कानुनी दायरामा ल्याउन माग गर्दै नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
महासंघको केन्द्रीय समितिका उपलब्ध पदाधिकारी तथा सदस्यहरुको आइवार बसेको बैठकले विराटनगर, जनकपुर, महेन्द्रनगर, चितवन र मुगु लगायत मुलुकभर पत्रकार तथा सञ्चार माध्यममाथि श्रृङ्खलाबद्धरुपमा भएका आक्रमणका घटनाको विरोधमा गर्दै दोस्रो चरणको देशव्यापी कार्यक्रम घोषणा गरेको हो ।
विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि ज्यान लिने उदेश्यले आक्रमण भएको दुई साता पूरा हुँदासमेत घटनाका मुख्य योजनाकार पर्शुराम बस्नेतलाई पक्राउ गरी कानुनको दायरामा नल्याएकोमा बैठकले सरकारप्रति खेद व्यक्त गरेको छ । बैठकले घटनाका मुख्य योजनाकार बस्नेतलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
'पत्रकार ढकालमाथि भएको आक्रमणका दोषीलाई उन्मुक्ति नदिने प्रधानमन्त्री र गृहमन्त्रीको वचन कार्यान्वयन गर्न र दण्डहीनताको अन्त्यका लागि ठोस पहल गर्न महासंघ जोडदार आग्रह गर्दछ' बैठकपछि जारी बिज्ञप्तिमा भनिएको छ ।
दोस्रो चरणका कार्यक्रम:
–असार ६ गते देखि पत्रपत्रिका, टेलिभिजन, अनलाईन र रेडियोमा पत्रकारहरुको सुरक्षाका वारेमा जनचेतना जोगाउने पीएसए प्रकाशन तथा प्रसारणका लागि आग्रह गर्ने । (प्रेसमाथि भएको आक्रमणको विरोध गरौं, दण्डहीनताको अन्त्य गरौं)
–असार ८ गते विराटनगरका पत्रकार ढकाल माथिको आक्रमणका दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन नेपाल बार एसोसिएसनसँग कानुन व्यवसायीहरुको टिम बिराटनगर पठाउने । सम्बन्धमा छलफल गर्ने
–नेपाल पत्रकार महासंघका विदेशस्थित शाखाहरुले विराटनगर लगायत मुलुकभर भएका प्रेस स्वतन्त्रताविरोधी घटनाको विरोधमा नेपाली दुतावास मार्फत सरकारलाई विरोधपत्र दिने । 
–असार ९ गते पत्रकार र पत्रकारितासँग सम्बन्धित सञ्चार संस्थाहरुसँग अन्तरक्रिया गर्ने ।
–नेपाल सरकारका महान्यायधिवक्तासँग सञ्चारमाध्यममा भएका श्रृंखलावद्ध आक्रमणका विषयमा छलफल गर्ने ।
–असार १० गते मानवअधिकारवादी, नागरिक समाजसँग अन्तरक्रिया गर्ने (केन्द्र र जिल्लामा)
–असार १२ गते महासंघको आन्दोलन वारे ब्लगर र अनलाईनमा कार्यरत पत्रकारहरुसंग अन्तरक्रिया गर्ने । 
–असार १४ गते अपराधी खोज्न सजिलो होस् भनेर ७५ वटै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई लालटिन उपहार पठाउने । 
–असार १६ गते प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार बारे देशव्यापी अन्तरक्रिया गर्ने
–असार १७ गते प्रेस माथि भएको आक्रमणबारे सरकारको ध्यानाकर्षण गराउन काठमाण्डौंको माइतिघर मण्डलामा र जिल्लाको हकमा जिल्ला प्रशासन कार्यालय अगाडी १५ मिनेट सिट्टी बजाउने ।   


Source:KantipurNews

Posted by Butwalonline on 1:09 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा"

Leave a reply