इन्टरनेट नचलेको अवधिको शुल्क तिर्नु नपर्ने
काठमाडौ, अषाढ १ - इन्टरनेट सेवा लिए पनि लामो प्राविधिक वा अन्य कारण देखाउँदै सेवा प्रयोग नगरे पनि पैसा बुझाउने गर्नुभएको छ ? अझ सेवा नदिई पैसा बुझाउन बाध्य हुनुभएको छ ? धेरै ग्राहकबाट सेवा नचलाएको अवधिमा पनि पैसा बुझाउनुपर्ने व्यवस्था गरेको गुनासो आइरहेका बेला सरकारले सेवा नपाए पैसा दिनु नपर्ने व्यवस्था गरेको छ ।
दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र ग्राहकबीच हुने नयाँ सम्झौतापत्र तयार पारी यस्तो व्यवस्था गरेको हो । सम्झौताअनुसार ग्राहकले इन्टरनेट नचलेको जानकारी गराएको २४ घन्टाभित्र सेवा सुचारु गर्नुपर्ने व्यवस्था गरेको छ । यदि त्यो अवधिमा सेवा सुचारु नगरे त्यसपछिको अवधिको पैसा तिर्नु पर्दैन ।
यसका लागि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई यसै साताभित्र निर्देशन दिने निर्णय गरेको छ ।
हप्तौंसम्म सेवा नपाउँदा पनि प्राविधिक कारण देखाउँदै सेवा प्रदायक चुप रहने अवस्थालाई निरुत्साहित गर्न यस्तो प्रावधान ल्याइएको प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले बताए ।
अहिले नेपाल टेलिकमको एडिएसएल र इन्टरनेट सेवा प्रदायकको केबल इन्टरनेटलगायत सेवा बन्द भएको लामो अवधिसम्म सुचारु नहुँदा उपभोक्ताले समस्या भोगिरहेका छन् । मासिक शुल्क लिएर अनलिमिटेड सेवा दिएकाले सेवा नचलेको अवधि पछि थप गर्नु पर्नेछ । यस्तै महिनामा यति डाटा चलाउन पाइने भनेर सेवा दिएकाले पनि सेवा सुचारु नभए त्यति अवधि थप गर्नुपर्ने न्यौपानेले बताए ।
'मासिक अनलिमिटेड सेवा दिनेले सेवा नचले त्यो अवधि पछि ग्राहकलाई थप्नुपर्छ,' उनले भने, 'एक महिनाभित्र चलाइसक्नुपर्ने गरी निश्चित डाटा दिएका सेवा प्रदायकले पनि बीचमा रोकिए सेवाको अवधि थप्नु पर्नेछ ।' यसबाट ग्राहकले फाइदा लिन सक्ने उनले बताए । प्राधिकरणले यसरी अवरुद्ध भएको सेवा सञ्चालन गर्ने लागत उपभोक्ताले नभई कम्पनी आफैंले बेहोर्नु पर्ने व्यवस्था पनि गरेको छ ।
प्राधिकरणले सेवा प्रदायकलाई २४ सै घन्टा सेवा उपलब्ध गराउने गरी ग्राहकसँग सम्झौता गर्न निर्देशनसमेत दिएको छ ।
कुनै जानकारीबिना प्राविधिक कारणले सेवा बन्द भएको गुनासो आइरहेको बेला पूर्वजानकारीलाई प्राधिकरणले अनिवार्य बनाएको छ । 'प्राविधिक वा मर्मतका कारण सेवा अवरुद्ध हुने भए सेवा प्रदायकले तीन दिनअघि नै ग्राहकलाई जानकारी गराउनुपर्छ,' उनले भने ।
Source:KantipurNews