दुई विद्यार्थी नारायणीमा वेपत्ता
नवलपरासी, अषाढ ५ - नवलपरासीको गैडाकोटका दुई स्कुले विद्यार्थी नारायणीमा पौडि खेल्न जाँदा डुबेर बेपत्ता भएका छन् ।
शनिबार साँझ घरबाट साइकल लिएर खेल्न निस्किएका गैडाकोट गाविस ७ का भूमिश्वर सापकोटाका ११ वर्षीय छोरा प्रज्जवल सापकोटा र मणिरत्न सापकोटाका ८ वर्षीय छोरा प्रशान्त सापकोटा वेपत्ता भएका हुन् । प्रशान्त र प्रज्वल दाजुभाइका छोरा हुन् ।
प्रज्ववल गैडाकोटस्थित विजय सामुदायिक स्कुलका कक्षा ७ का बिद्यार्थी हुन् । प्रशान्त साईनिङ बोर्डिङका कक्षा ३ बिद्यार्थी हुन् । दुवै विद्यालय आज बन्द छन् ।
उनीहरु नारायणी नदीमा नुहाउने क्रममा वेपत्ता भएको भन्दै स्थानिय र प्रहरीले खोजतलास सुरु गरेको इलाका प्रहरी कार्यालय गैडाकोटका असई भविश्वर पोख्रेलले जानकारी दिए ।
गैडाकेाटकै विजय सामुदायिक स्कुल र साइनिङ बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी बेपत्ता भएपछि सिंगो गैडाकोट गाविसका सयौं अभिभावक नारायणी नदी क्षेउमा खोजतलासमा जुटेका छन् ।
वर्षातका कारण उर्ल्ोको भेलले उनीहरुको खोजतालस प्रभावित भएको छ । शनिबारदेखि लगातार परेको पानीका कारण नारायणीमा पानीको सतह निकै बढेको छ ।
नारायणी धमिलिएर अत्यधिक बढेकाले उनीहरुको खोजतलाशमा सघाउन जिल्ला प्रहरी कार्यालयले नारायणी नदी आसपासका सबै प्रहरी चौकीलाई खटाएको छ ।
गैडाकोटवाट करिब ४० किलोमिटर दक्षिणमा पर्ने त्रिवेणीस्थित गण्डक बाँधमा अडकिने सम्भावना भन्दै त्यहाँ पनि प्रहरी खटाइएको छ ।
Source:KantipurNews