|

घरभित्रै पसेर मार्ने धम्की

वासिंगटन/ आफ्ना प्रमुख नेता ओसामा बिन लादेनलाई क्रूर ढंगले हत्या गरेको प्रतिशोध लिन अल कायदाले अमेरिकामाथि आक्रमण गर्ने चेतावनी दिएको छ । पाकिस्तानको एटमावादमा ओसामाको हत्या भएपछि लामो समयसम्म सो आतंककारी समूह अल कायदा चुप लागेर बसेको थियो । केही समयका लागि ओसामाको मृत्युसँगै संसारबाटै अल कायदाको अस्तित्व समाप्त भएको विश्वास गरिएको थियो । तर, अल कायदाले नयाँ नेता अयमान अल जवाहिरीलाई चुनेपछि पहिलो योजनाका रूपमा सीधै अमेरिकालाई चेतावनी दिएको छ । अल कायदाले अमेरिकी अधिकारीको घरभित्र पसेर सिध्याउन धम्की दिँदा पुनः एकपटक विश्वमा आतंककारीको राज हुने दाबीसमेत गरेको छ । 
अल कायदाले कुन-कुन अमेरिकी अधिकारीलाई मार्ने तथा सिध्याउने भन्ने लिस्ट पनि तयार गरेको छ । अल कायदाले आफ्ना विशिष्ट लडाकुहरूलाई अमेरिकीहरू जहाँ भेटिन्छन् त्यहीँ सिध्याउने निर्देशन जारी गरेको छ । यसका साथै अमेरिकी अधिकारी बसेको घरमै बम राखेर विस्फोटन गराउने निर्देशन पनि छ । यतिवेला अल कायदासँग सम्बन्धित एक वेबसाइटले आफ्नो भावी योजना प्रसारित गर्दै पूरै अमेरिकालाई त्रसित बनाएको छ । अझ वासिंगटनका पदाधिकरीहरू कुन वेला के हुन्छ भनेर झन् सशंकित भएका छन् । अमेरिकाको होमल्यान्ड डिपार्टमेन्टस्टोर सेक्युरिटीले अनलाइनबाट सबै ग्राहक वर्गलाई अलर्ट हुन सुझाब गरेको छ । विश्वको कुना-काप्चाभित्र छरिएर बसेको आतंककारी समूहलाई सूचना दिने प्रमुख अनलाइन अल मुजाहिद्दिनले अमेरिकी नागरिक तथा विशिष्ट पदाधिकारीको हिट लिस्ट आफ्नो समूहलाई बाँडिसक्यो ।
सो लिस्टअनुसार, अमेरिकी रक्षामन्त्रीका पदाधिकारीका साथै संसद्का सदस्यहरू अल कायदाको प्रमुख दुस्मन हुन् । उनीहरूलाई योजनाबद्ध रूपमा समाप्त गर्नुपर्ने निर्देशन पनि जारी भएको छ । आतंककारी समूह अल कायदाले चेतावनी दिनुअघि अमेरिकीले उनीहरूका नयाँ नेता जवाहिरीलाई पनि ओसामाकै जस्तो भविष्य हुने धम्की दिइसकेको थियो । अमेरिकाको सो चेतावनी वास्ता नगरी अल कायदाका नयाँ नेता वासिंगटन/ आफ्ना प्रमुख नेता ओसामा बिन लादेनलाई क्रूर ढंगले हत्या गरेको प्रतिशोध लिन अल कायदाले अमेरिकामाथि आक्रमण गर्ने चेतावनी दिएको छ । पाकिस्तानको एटमावादमा ओसामाको हत्या भएपछि लामो समयसम्म सो आतंककारी समूह अल कायदा चुप लागेर बसेको थियो । केही समयका लागि ओसामाको मृत्युसँगै संसारबाटै अल कायदाको अस्तित्व समाप्त भएको विश्वास गरिएको थियो । तर, अल कायदाले नयाँ नेता अयमान अल जवाहिरीलाई चुनेपछि पहिलो योजनाका रूपमा सीधै अमेरिकालाई चेतावनी दिएको छ । अल कायदाले अमेरिकी अधिकारीको घरभित्र पसेर सिध्याउन धम्की दिँदा पुनः एकपटक विश्वमा आतंककारीको राज हुने दाबीसमेत गरेको छ । 
अल कायदाले कुन-कुन अमेरिकी अधिकारीलाई मार्ने तथा सिध्याउने भन्ने लिस्ट पनि तयार गरेको छ । अल कायदाले आफ्ना विशिष्ट लडाकुहरूलाई अमेरिकीहरू जहाँ भेटिन्छन् त्यहीँ सिध्याउने निर्देशन जारी गरेको छ । यसका साथै अमेरिकी अधिकारी बसेको घरमै बम राखेर विस्फोटन गराउने निर्देशन पनि छ । यतिवेला अल कायदासँग सम्बन्धित एक वेबसाइटले आफ्नो भावी योजना प्रसारित गर्दै पूरै अमेरिकालाई त्रसित बनाएको छ । अझ वासिंगटनका पदाधिकरीहरू कुन वेला के हुन्छ भनेर झन् सशंकित भएका छन् । अमेरिकाको होमल्यान्ड डिपार्टमेन्टस्टोर सेक्युरिटीले अनलाइनबाट सबै ग्राहक वर्गलाई अलर्ट हुन सुझाब गरेको छ । विश्वको कुना-काप्चाभित्र छरिएर बसेको आतंककारी समूहलाई सूचना दिने प्रमुख अनलाइन अल मुजाहिद्दिनले अमेरिकी नागरिक तथा विशिष्ट पदाधिकारीको हिट लिस्ट आफ्नो समूहलाई बाँडिसक्यो ।
सो लिस्टअनुसार, अमेरिकी रक्षामन्त्रीका पदाधिकारीका साथै संसद्का सदस्यहरू अल कायदाको प्रमुख दुस्मन हुन् । उनीहरूलाई योजनाबद्ध रूपमा समाप्त गर्नुपर्ने निर्देशन पनि जारी भएको छ । आतंककारी समूह अल कायदाले चेतावनी दिनुअघि अमेरिकीले उनीहरूका नयाँ नेता जवाहिरीलाई पनि ओसामाकै जस्तो भविष्य हुने धम्की दिइसकेको थियो । अमेरिकाको सो चेतावनी वास्ता नगरी अल कायदाका नयाँ नेता जवाहिरीले पनि त्यसको प्रत्युत्तर दिँदै भने, 'हामीले अमेरिकाविरुद्ध जिहाद जारी गरिसक्यौँ ।' 
यता, अमेरिकाले भने अल कायदाका नेता जवाहिरीसँग युद्ध गर्ने कुनै सीप नभएका व्यक्ति भएको दाबी गरेका छन् । 'अहिलेका नयाँ नेता भन्न रुचाउने जवाहिरीसँग नेतृत्व गर्न सक्ने क्षमता, सैनिक तथा बलियो संगठन छैन,' अमेरिकाको दाबी छ । 
यसैगरी, अमेरिकी सैनिक विभागका वरिष्ठ पदाधिकारी माइकल मुलेनले पनि जवाहिरीसँग लडाइँ गर्ने हिम्मत नभएको दाबी गरेका छन् । उनले भने, 'जस्तो परिणाम ओसामाले भोग्नुपर्‍यो, ठीक त्यसैगरी जवाहिरीले पनि सामना गर्नुपर्ने हुन्छ ।' गत २ मेमा अमेरिकी सैनिकले इस्लामावाद नजिक रहेको एटमावादमा लुकिसकेको अवस्थामा ओसामालाई सैनिक आक्रमणमा मारिएको थियो । 
अल कायदाका नयाँ नेता जवाहिरीलाई पक्रने व्यक्तिलाई अमेरिकाले एक अर्ब १० करोड डलर इनाम दिने घोषणा गरेको छ । तर, वेबसाइटमार्फत अल कायदाले अमेरिकालाई यस्तो जवाफ दिएको छ, 'हामीलाई पूर्ण विश्वास छ, हाम्रा नयाँ नेताले प्रतिशोध लिनेछन्, पुनः एकपटक अल कायदाले विश्वमा राज गर्नेछ, यसका साथै संसारबाट तानाशाही समाप्त हुनेछन् ।'
जवाहिरीले पनि त्यसको प्रत्युत्तर दिँदै भने, 'हामीले अमेरिकाविरुद्ध जिहाद जारी गरिसक्यौँ ।' 
यता, अमेरिकाले भने अल कायदाका नेता जवाहिरीसँग युद्ध गर्ने कुनै सीप नभएका व्यक्ति भएको दाबी गरेका छन् । 'अहिलेका नयाँ नेता भन्न रुचाउने जवाहिरीसँग नेतृत्व गर्न सक्ने क्षमता, सैनिक तथा बलियो संगठन छैन,' अमेरिकाको दाबी छ । 
यसैगरी, अमेरिकी सैनिक विभागका वरिष्ठ पदाधिकारी माइकल मुलेनले पनि जवाहिरीसँग लडाइँ गर्ने हिम्मत नभएको दाबी गरेका छन् । उनले भने, 'जस्तो परिणाम ओसामाले भोग्नुपर्‍यो, ठीक त्यसैगरी जवाहिरीले पनि सामना गर्नुपर्ने हुन्छ ।' गत २ मेमा अमेरिकी सैनिकले इस्लामावाद नजिक रहेको एटमावादमा लुकिसकेको अवस्थामा ओसामालाई सैनिक आक्रमणमा मारिएको थियो । 
अल कायदाका नयाँ नेता जवाहिरीलाई पक्रने व्यक्तिलाई अमेरिकाले एक अर्ब १० करोड डलर इनाम दिने घोषणा गरेको छ । तर, वेबसाइटमार्फत अल कायदाले अमेरिकालाई यस्तो जवाफ दिएको छ, 'हामीलाई पूर्ण विश्वास छ, हाम्रा नयाँ नेताले प्रतिशोध लिनेछन्, पुनः एकपटक अल कायदाले विश्वमा राज गर्नेछ, यसका साथै संसारबाट तानाशाही समाप्त हुनेछन् ।'

हामीलाई मतलब छैन : अमेरिका 
आतंकवादी विश्व सञ्जाल अल कायदाको दोस्रो तहका नेता जवाहिरीलाई नियुक्त गरिएको समाचारप्रति अमेरिकाले कुनै महत्त्व नदिएको सार्वजनिक गरेको छ । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भन्यो, 'अल कायदाको प्रमुखका जोसुकै आओस् मतलव छैन र अमेरिकाका लागि सो विषय तुच्छ हो ।' अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता भिक्टोरिया नुलान्दले अल कायदालाई कसले नेतृत्व गर्छ भन्ने विषयले अमेरिकामा कुनै महत्त्व नराख्ने बताए । उनले भने, 'अल कायदा भनेको कुनै विचारै नभएको सञ्जाल भएको र उसले कल्पना गर्नै नसक्नेगरी विश्वव्यापी रूपमा शान्तिको अभियान र क्रियाकलापमा वृद्धि भइरहेको छ ।'

Source:Nayapatrika

Posted by Butwalonline on 10:04 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "घरभित्रै पसेर मार्ने धम्की"

Leave a reply