कन्दमुल खाँदा तीन बालबालिकाको मृत्यु
२ असार, पाल्पा । जङ्गलबाट ल्याएको कन्दमुल खाँदा पाल्पाको गोठादी गाविस–१ भुटुकेमा एकै घरका तीन बालबालिकाको ज्यान गएको छ ।
प्रहरीका अनुसार स्थानीय ९ वर्षीय गुमबहादुर दर्लामी उनकी बहिनी ७ वर्षीया दलमायाँ र ४ वर्षीय भाई डुकबहादुरको ज्यान गएको हो ।
कन्दमुल खाएर मृतकहरुकी आमा २५ वर्षीया जेनीसरा दर्लामी गम्भीर घाइते भएकी छन् । उनको पाल्पास्थित लुम्बिनी नर्सिङहोममा उपचार भइरहेको बताइएको छ ।
हिजो दिउँसो जङ्गलबाट ल्याएको सर्पको मकै नामको कन्दमुलको तरकारी खाँदा उनीहरु गम्भीर बिरामी परेका थिए ।

Source:onlinekhabar