|

वस्नेतलाई काठमाडौ‌ फर्कन भन्दै विमानस्थल लगेर छाडियो

इटहरी, अषाढ २ - इटहरीबाट नियन्त्रणमा लिएका युवा स‌घका अध्यक्ष महेश बस्नेतलाई प्रहरीले काठमाडौ‌ जान भन्दै विराटनगरस्थित विमानस्थल पुर्याएर छाडेका छन् । उनीस‌गै पक्राउ परेका कोषाध्यक्ष निरु पाल र मोरङ अध्यक्ष सन्तोष बान्तवाको बारेमा भने थाहा हुन सकेको छैन ।
विराटनगरमा प्रशासनले निषेधाज्ञा जारी गरेपछि इटहरी आइपुगेका सत्तारुढ दल एमालेको भातृ संगठन युवा संघका केन्द्रीय अध्यक्ष महेश वस्नेतलाई प्रहरीले बिहीबार बिहान होटलबाटै पक्राउ गरेको छ ।
इटहरीस्थित रिभरसाइड रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरिरहेका बेला वस्नेत पक्राउ परेका थिए । पत्रकारहरुले भने उनको पत्रकार सम्मेलन बहिष्कार गरेका थिए ।
बस्नेतलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालयको गाडीमा राखेर सुरुमा जिल्ला प्रहरी कार्यालय मोरङ् लगिएको थियो । त्यहीबाट उनलाई विमानस्थल पुर्याइएका हुन् । 
वस्नेतलाई नियन्त्रणमा लिन ठूलो संख्यामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । वस्नेतसंगै संघका कोषाध्यक्ष निरु पाल र मोरङ अध्यक्ष सन्तोष बान्तवा पनि पक्राउ परेका थिए । वस्नेतलाई पक्राउ गर्ने क्रममा प्रहरी र संघका कार्यकर्ताबीच झडप भएको थियो । वस्नेतको पक्राउ पछि युवासंघले घोषणा गरेको बन्द फिर्ता लिइएको छ । हाल राजमार्ग तथा बजार बन्द सुचारु हुन थालेको छ । 
वस्नेतले विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि आत्रमण गर्ने मुख्य योजनाकार पर्शुराम वस्नेतलाई संरक्षण गर्दै आएका छन् । नेपाल पत्रकार महास‌घको अगुवाइमा परशुरामलाई पक्राउ गर्न सरकारलाई दवाव दिन पत्रकारहरु आन्दोलित छन् ।
बस्नेतले भने परशुराम आफुस‌‌गै भएको दावी गर्दै सक्नेभए पक्रन चुनौती दिएका थिए । त्यही चुनौती र विराटनगरमा परशुरामको पक्षमा गर्न लागेको प्रतिकार सभाका कारण उनलाई पक्राउ गरेको अनुमान लगाइएको छ । प्रहरीले माथिको आदेशमा पक्राउ गरेको बाहेक केही भनेको छैन । 
बुधबार विराटनगर पुगेका बस्नेतले प्रतिकार सभाको तयारी गरेपछि प्रशासनले बिहीबार बिहानदेखि साँझ सम्ममा निषेधाज्ञा आदेश जारी गरेको छ । पाँच जनाको स‌ख्यामासमेत स‌गै हिड्न निषेध गरिएको छ ।  

Source:Kantipurnews

Posted by Butwalonline on 8:12 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वस्नेतलाई काठमाडौ‌ फर्कन भन्दै विमानस्थल लगेर छाडियो"

Leave a reply