सानो उमेरमै सय फिल्म !
स्मृति ढुंगाना, काठमाडौं, जेठ २२ - भर्खर १९ टेकेकी रजिना रिमाल आफूभन्दा १० वर्ष जेठी हिरोइनहरूका लागि फिल्ममा गीत गाउने गर्छिन्। आठ वर्षको उमेरदेखि शास्त्रीय संगीत सिकेकी रजिनाले १३ वर्षको उमेरमै फिल्ममा गाउने अवसर पाएकी थिइन्। संगीतकार सुरेश अधिकारीले उनलाई बालगीत गाउन बोलाएका थिए तर स्वर सुनेपछि उनलाई फिल्ममै गाउन लगाए। 'सपूत' नामक फिल्मको निम्ति पहिलोपटक गीत गाएकी रजिनाले सात वर्षको अन्तरालमा करिब सयभन्दा बढी फिल्ममा आवाज दिइसकेकी छिन्।
'परिवारले सानैदेखि संगीतमा लाग्न प्रेरित गरेको हुँदा आज सफल भएकी हुँ,' उनले भनिन्। २०६५ सालमा पहिलो एकल एल्बम 'परी' बजारमा ल्याएकी रजिनालाई आजभोलि भ्याइनभ्याइ छ। डिल्लीबजारस्थित टि्रनिटी कलेजमा कक्षा १२ पढ्ने रजिनाले पछिल्लोपटक 'नाइ नभन्नू ल' फिल्मको शीर्षक गीत गाएपछि चर्चा कमाएकी हुन्।
आफूलाई भर्सटाइल गायिका भन्न रूचाउने उनले 'सिलसिला', 'फस्ट लभ' र 'मिस्टर मंगले'का हिट गीत गाएकी थिइन्। उनी लता मंगेश्कर र श्रेया घोसालकी फ्यान हुन्। उनलाई सदाबहार हिन्दी गीत सुन्न मन लाग्छ।
'सबैले गीत गाउँछु भनेर कलाकार बन्न सक्दैनन्। कमै मानिसले यस्तो अवसर पाउँछन्। यस कुरामा म भाग्यमानी नै छु,' उनले भनिन्। परिवारका सदस्यहरू संगीतमै भएकाले उनलाई यस क्षेत्रमा लाग्न सजिलो भएको हो।
गायिका अञ्जु पन्त र आफूबीच राम्रो सम्बन्ध रहे पनि सबैले विवादको घेरामा राखेकोमा उनी दुःख पोख्छिन्। 'अञ्जु दिदीले मलाई मायाले छोरी भन्नुहुन्छ। पार्श्व गीतमा हामी दुई चलेका भएर होला मानिसले यस्तो अड्कल गरेको,' तर उनलाई यस्तो कुरामा चासो छैन। सम्बन्ध राम्रै भए पनि उनले अञ्जुसँग एउटै फिल्ममा गाउन भने पाएकी छैनन्।
संगीतकारले गीतको सार राम्ररी बुझाइदिए १५ मिनेटमै रेकर्ड सिध्याउन सक्ने क्षमता उनको छ। फिल्मको गीत तुलनात्मक रूपले गाह्रो हुने हुनाले कमैले मात्र फिल्ममा गाउने अवसर पाउने उनको तर्क छ।
दिनमा एउटामात्र गीत गाउने उनी शब्दलाई ध्यान दिने गर्छिन्। 'थोरै काम गरौं तर राम्रो गरौं भन्ने सोचले दिनमा एउटामात्र गीत गाउने गरेकी छु।'
भर्खरै उनले राजन शिवाकोटीको कलेक्सन गीत सिध्याएकी छिन्। 'अधिकांश नेपाली गीत हिन्दीबाट प्रभावित हुन्छ। त्यसैले नेपालीमा हिन्दी टेस्ट भेटिन्छ,' उनको बुझाइ हो यो।
दोस्रो एकल एल्बम निकाल्ने अभियान सुरु भइसकेको छ। अहिलेसम्म उनले तीन गीत सिध्याइसकेकी छिन्। 'मेरो एल्बममा सबै किसिमका गीत हुनेछन्। गजल, फ्युजन, आधुनिक र फिल्मी,' उनी प्रष्ट छिन्। तर एल्बमका लागि आठ गीत फाइनल गर्न उनलाई सजिलो भएन।
नेपाली बाहेक अरू भाषाका गीत गाउने चाहना बोकेकी उनी लजालु छिन्। त्यही भएर स्टेज कार्यक्रममा उनी भर्खरभर्खर मात्र स्थापित हुँदैछिन्।
Source:NagarikNews

Posted by Butwalonline
on 7:47 AM. Filed under
Misc,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response