|

चिकित्सकको लापरवाहीले सुत्केरीको ज्यान गयो

२२ जेठ, काठमाडौँ । काठमाडौंको थापाथलीस्थित प्रसुती गृहमा शल्यक्रिया गरी बच्चा निकाल्ने क्रममा चिकित्सकको लापरवाहीका कारण एक सुत्केरी महिलाको ज्यान गएको छ ।
दोलखा दुधपोखरी गाविस-३ स्यायी घर भई हाल भक्तपुर चुनदेवी बस्दै आएकी ३४ वर्षीया हिरामाया तामाङ्को ज्यान गएको हो । मृतकका दाजु मिनबहादुरका अनुसार शनिबार बिहान नौ बजे अप्रेशन गरी बच्चा निकालिएकामा हिरामायाको राति १० बजेतिर मृत्यु भएको हो ।
 अप्रेशन गरी निकालिएको बच्चा (छोरा) भने शकुसल रहको बताइएको छ । हिरामायाले यसअघि आठ वर्ष अगाडि पहिलो बच्चा जन्माएकी थिइन् ।
मिनबहादुरले शिकारु चिकित्सकले अप्रेशन गरेकाले आफ्नी बहिनीको ज्यान गएको दावी गरे । ‘शिकारु डाक्टरले अप्रेशन गरेकाले बहिनीको ज्यान गएको हो’ मिनबहादुरले अनलाइनखवरसँग भने ‘घटनाका जिम्मेवार व्यक्तिहरुमाथि सरकारले कारवाही गरोस् ।’
उनले दोषीउपर कारवाही नभएसम्म अस्पतालबाट शव नउठाइने बताए ।


Source:Onlinekhabar

Posted by Butwalonline on 7:38 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चिकित्सकको लापरवाहीले सुत्केरीको ज्यान गयो"

Leave a reply