पत्रकारमाथि दुर्व्यवहार गर्नेले माफी मागे
चितवन, असार ५- चितवनको आँपटारीमा गएराति १४ जना पत्रकारमाथि दुर्व्यबहार र हातपात गर्ने समूहले माफी मागेको छ। वडा प्रहरी कार्यालय नारायणगढमा राति अबेर भएको सहमतिमा अब आइन्दा यस्तो नगर्ने भन्दै आँपटारी ढाटमा कार्यरत कर्मचारीले माफी मागेका हुन्।
महेन्द्रनगरको सिमसार क्षेत्रको भ्रमण सक्याएर फर्कंदै गरेका पत्रकारहरुको टोलीलाई चितवनको आँपटारीस्थित ढाटका कर्मचारीले दुर्व्यवहार गरेका थिए। ढाटमा बिल तिर्ने क्रममा थप शुल्क लिन खोजिएपछि पत्रकारहरुले थप रकमबारे जिज्ञासा राख्दा स्थानीय युवा परिचालन गरेर दुर्व्यवहार गरिएको पीडित पत्रकारहरुले बताएका छन्।
कान्तिपुर दैनिकका संवाददाता अब्दुल्लाह मिया र न्युज २४ का दिनेश श्रेष्ठलाई कुटपिट गर्नेसमेत धम्की दिइएको थियो।
वडा प्रहरी कार्यालयमै पत्रकारहरुमाथि हातपात भएको थियो। घटनापछि नेपाल पत्रकार महासङ्घ चितवन शाखाको नेतृत्वमा सहमति कायम गरिएको हो। रासस
Source:NagarikNews