|

बहराइनमा नेपाली कामदारको मृत्यु

५ असार, बहराइन । वैदेशिक रोजगारीका शिलशिलामा बहराइन पुगेको एक नेपाली कामदारको कार्यस्थलमै ज्यान गएको छ ।
भोजपुर जरायोटोल गाविस–१ स्थायी ठेगाना भएका राजकुमार कार्कीको उनी कार्यरत कम्पनीको स्किप लोडरको बकेटले च्यापिएर तीन दिनअघि मृत्यु भएको हो ।
कार्की विगत दुई वर्षदेखि बहराइनस्थित सैयाद काद्हेम अल दुवाजी एण्ड सन्स कम्पनीमा एसी मेकानिक्स्का रुपमा कार्यरत थिए । स्किप लोडरको हाईड्रोलिङ् पाईप मर्मत गर्ने क्रममा बकेट नामक पार्ट खसेर थिच्दा उनको मृत्यु भएको हो ।
२८ वर्षीय कार्कीको शव बहराइनस्थित सलमानिया अस्पतालमा राखिएको र प्रक्रिया पूरा गरी नेपाल पठाउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।


Source:Onlinekhabar

Posted by Butwalonline on 10:43 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बहराइनमा नेपाली कामदारको मृत्यु"

Leave a reply