गजल
यो ठांउमा त कस्तो घर पनि वजार जस्तै
इज्जत किन्न वेच्न खुलेलाम तयार जस्तै।
स्वतन्त्र हुनु छैन जेलमा जस्तै वस्नु पर्ने
लाग्छ मलाई यो कोठा पनि संसार जस्तै।
मिठो वोली कंहा सुन्नु खानुपर्ने गाली मात्रै
त्यसैलाई वाध्यतामा मान्नुपर्ने प्यार जस्तै।
देख्नु छैन डांडा पाखा हरियाली वनजंगल
अत्यास लाग्छ मौसम पनि सदावहार जस्तै।
जान्ने वुझ्ने भएपनि अनुमति वोल्न छैन
चुप लागेर वस्नु पर्ने अनपढ् गवार जस्तै।
अन्तमा,
सुख पाउने आशामा दु:ख पाउन नआंउ विदेश
सवैलाई होस् यो online वाट प्रचार प्रसार जस्तै।
kshitizashok@yahoo.com
अशोक गौतम "क्षितिज"
संकरनगर-२ शारदा स्कुल रुपन्देही
हाल-खाडी मुलुक.........वाट

