निषेधित क्षेत्र तोडेपछि संविधान सभा भवनअगाडि राप्रपा-सुरक्षाकर्मीबीच झडप
काठमाडौं, जेठ १२ (नागरिक)- राप्रपा नेपालले संविधान सभा भवनको निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेका छन्। अहिले उक्त क्षेत्रमा प्रहरी र राप्रपाका कार्यकर्ताबीच यही कारण झडप भएको छ। म्याद थप्दा पनि संविधान बनाउन नसक्ने संविधान सभा विघटन गरेर चुनावमा जानुपर्ने मागसहित राप्रपाले चारैतिरबाट संविधान सभा भवन घेर्ने कार्यक्रम राखेको थियो। यही क्रममा जुलुससहित भवन घेर्न गएका कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने उद्देश्यले सुरक्षाकर्मीले राखेका बार तोड्ने प्रयास गरेका थिए। सोही क्रममा दुई पक्षबीच झडप भएको हो।
सुरक्षाकर्मीको हस्तक्षेपपछि राप्रपा कार्यकर्ताले ढुङ्गा प्रहार गरेका थिए। उसले हिँजो पनि यसैगरी विरोध जनाएको थियो।
NagarikNews
सुरक्षाकर्मीको हस्तक्षेपपछि राप्रपा कार्यकर्ताले ढुङ्गा प्रहार गरेका थिए। उसले हिँजो पनि यसैगरी विरोध जनाएको थियो।
NagarikNews
