|

दिनहुँको बन्द-हड्तालले चितवनका पर्यटक फर्कन थाले

भएका बुकिङ पनि रद्द-
चाँदनी हमाल, चितवन, वैशाख १२- संविधान सभाको म्याद सकिनै लाग्दा हुन थालेको दिनहुँजसो बन्द, हड्ताल र दबाबले चितवनको निकुञ्ज र सौराहा घुम्न आएका विदेशी पर्यटकहरु बसाईँ छोट्याएर धमाधम फर्कन थालेका छन्।
यसबीच जेठ र असार महिनाभरी नेपाल आउने तय भएका पर्यटकहरुले पनि बुकिङ क्यान्सिल गरेको पर्यटन व्यवसायीहरुले बताए।
‘अफ सिजन भए पनि पर्यटकको राम्रो आगमन थियो चितवन राष्ट्रिय निकुन्जभित्रको टाइगर टप्स होटलका व्यवस्थापक रामसिंह गुरुङले भने, ‘तर जेठ १४ को अन्यौलले हाम्रा धेरै पर्यटक फर्किए।'
पर्यटन प्याकेज नै छोट्याएर फर्केका पर्यटकलाई बिदाई गर्न भरतपुर विमानस्थल आएका उनले जेठ १४ को अस्थिर अवस्थासँगै हुने गरेको बन्द हड्तालले पर्यटक हतास भएको बताए।
अन्यत्र भारतीय पर्यटक बढी भएपनि निकुञ्जमा युरोपियन पर्यटक आउने बुकिङ बढेपनि राजनीतिक वातावरणले क्यान्सिल हुन पुगेको उनी बताउँछन्। ‘भारतीय पर्यटक पनि राम्रै आइरहेका थिए तर अहिले आउनै मान्दैनन् ,'सिंहले भने।
‘होटलले पर्यटक नआए पनि भाडा र संरक्षण शुल्क गरी मासिक ११ लाख बुझाउनै पर्छ', उनले थपे, ‘तर आम्दानी हुने बेला पनि ठण्डारामको स्थिति भो यसपाली।'
टाइगर टप्स बाहेकका निकुन्ज्का अन्य होटलमा पनि पर्यटन वर्षको अवसरमा उल्लेख्य पर्यटकको आगमन रहेको थियो।

९१ प्रतिशत बुकिङ रद्द-
सौराहा घुम्न आउने तय भएका ९१ प्रतिशत पर्यटकको बुकिङ यसै साता रद्ध भएको छ।
‘पर्यटन वर्षको प्रभावले राम्रो थियो पर्यटक क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष शंकर सैँजुले भने, ‘तर बन्द र जेठ १४ भन्दै बुकिङ समेत रद्द गरे।'
सौराहामा एकसाताअघिसम्म भारतीय पर्यटकहरुको राम्रो उपस्थिति थियो। ‘दिनको कम्तिमा पनि तीन सय पर्यटक यहाँ थिए', सैँजुले भने, ‘तर अहिले भएका दश प्रतिशत पर्यटक पनि हतारमा आफ्नै देश फर्कन चाहन्छन्।'
सौराहा आउने पर्यटकले दिनको कम्तीमा दुई हजारका दरले खर्च गर्छन्, जसबाट हुने दैनिक ६ लाख बढीको आम्दानी घाटामा बदलिएको सैंजु बताउँछन्।
पर्यटक कम आउँदा हवाई सेवामा पनि आर्थिक घाटा सहुन परेको बुद्ध एयरका राजन कार्की बताउँछन्। कम बढी जति आएपनि उति नै इन्धन खपत हुने भएकाले पर्यटक नआउदा तेलकै भाडा उठाउन कठिन पर्ने उनको अनुभव छ।
NagarikNews

Posted by Butwalonline on 11:44 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दिनहुँको बन्द-हड्तालले चितवनका पर्यटक फर्कन थाले"

Leave a reply