छात्रा बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ
२६ वैशाख, सप्तरी । सप्तरीको एक शिक्षक आफ्नै विद्यालयकी एक छात्रालाई यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको कोइलाडी गाविसस्थित राजेन्द्र निमाविका शिक्षक सकलदेव यादव छन् । यादवले सोही विद्यालयमा कक्षा-८ मा अध्ययनरत एक १४ वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी निरीक्षक मनोज राउतले शिक्षक यादवले शुक्रबार विद्यालयको प्रशासन कक्षमा बोलाएर आफ्नै विद्यार्थीमाथि दुव्र्यवहार गरेको जानकारी दिनुभयो । घटनाबारे छात्राबाट थाहा पाएपछि स्थानीयले शिक्षक यादवलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको उहाँले बताउनुभयो ।
Onlinekhabar