क्षेत्री समाजको बन्दले जनजीवन प्रभावित
२६ वैशाख, दाङ । नयाँ बन्ने संविधानमा आफ्नो समूदायको अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै क्षेत्री समाज नेपालले आहृवान गरेको बन्दका कारण राप्ती अञ्चलका पाँच जिल्लाको जनवीजन पूर्ण रुपमा प्रभावित भएको छ ।
बन्दका कारण दाङ, रोल्पा, रुकुम, सल्यान र प्युठान जिल्लाका जनजीवन प्रभावित भएका हुन् । बन्दका कारण ति जिल्लामा आज बिहानैदेखि लामो तथा छोटा दुरीका सवारी साधन चल्न सकेका छैनन् भने पसल, बजार , शिक्षणसंस्था र कलकारखाना ठप्प छन् ।
Onlinekhabar